५ बर्षभित्र सबै पालिका केन्द्रसम्म कालोपत्रे हुन्छ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५ बर्ष भित्रमा सबै पालिकाको केन्द्रसम्म कालोपत्रे सडक पुग्ने दावी गरेका छन् । उनले ७ मिटर चौडाइसहितको कालोपत्रे हुने बताएका छन् ।

प्रदेशभित्रका सबै नगरपालिका र गाउँपालिकाको केन्द्र रहेको ठाउँसम्म प्रदेशको राजधानी पोखरासंग जोडिने गरी सडक कालोपत्रे हुने उनको भनाई थियो । बेंसीशहर नगरपालिका–४ स्थित पुरानोकोटगढीमा शान्तिस्तुपासहितको भ्यूटावर पार्कको शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले विकासको लागि समय लाग्ने बताए । प्रदेशभित्र धेरै विकास निर्माणका काम भएको र विस्तारै देखिने उनको दावी थियो ।

प्रदेशका ५ लाख ७८ हजार घरमा एक घर एक धारा यसबर्ष पुग्ने गुरुङले बताए । गतबर्ष नै यो काम सम्पन्न गर्ने लक्ष्य रहेपनि कोरनाका कारण काम हुन नसकेको उनले बताए । यसबर्ष सबै घरमा बिजुली पु¥याउने, काठको पोल विस्थापित गर्ने मुख्यमन्त्री गुरुङले बताए ।

डुम्रे–बेंसीशहर सडकखण्ड ४ मिटर चौडाईको रहेकामा अब ८ मिटर बनाउने र यसको काम सुरु भएको बताए । यस्तै, मस्र्याङ्दी गाउँपालिकाको भुलभुलदेखि मनाङ जाने सडक फराकिलो बनाउँदै कालोपत्रे गर्ने, मध्यपहाडी लोकमार्गका विवाद भएका क्षेत्रमा समाधान गरी काम छिटो सम्पन्न गर्ने गुरुङले विश्वास दिलाए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: