४० जिल्लामा फैलियो कोरोना संक्रमण (जिल्लागत विवरणसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्न्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सात प्रदेशका ७७ जिल्लामध्ये ४० जिल्लामा फैलिएको छ । ४० जिल्लाका ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ७० जना निको भएर फर्किएका छन् भने दुईजनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट सबैभन्दा बढी प्रदेश नम्बर ५ प्रभावित भएको छ । यस पद्रदेशका २२७ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा कम प्रभावित प्रदेश कर्णाली हो । यस प्रदेशमा एकजनामा मात्र संक्रमण देखिएको छ ।

यस्तै, प्रदेश नम्बर १ मा ८५, प्रदेश नम्बर २ मा १५१, बागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ५, प्रदेश नम्बर ५ मा २२७, कर्णालीमा १ र सुदुरपश्चिम प्रदेशमा १० जनामा संक्रमण पुष्टि भएको छ ।

कुन जिल्लामा कति संक्रमित

मन्त्रालयका अनुसार शुक्रबारसम्म प्रदेश नम्बर १ को उदयपुरमा ३३, खोटाङमा १, झापामा ३५, धनकुटामा ७, भोजपुरमा १, सुनसरीमा ३ रमोरङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये उदयपुरका २३, झापाका २ र भोजपुरका एकजना निको भएर घर फर्किएका छन् ।

यस्तै, प्रदेश नम्बर २ को धनुषामा ९, पर्सामा ९१, बारामा ४, महोत्तरीमा ३, रौतहटमा २२, सप्तरीमा १, सर्लाहीमा २० र सिरहामा १ जना कोरोना संक्रमित रहेका छन् । प्रदेश २ का संक्रमितमध्ये धनुषाका १, पर्साका ४, रौतहटका १ र सर्लाहीका १ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेका काठमाडौंमा १०, काभ्रेपलाञ्चोक १, चितवन ५, धादिङ ३, भक्तपुर ३, मकवानपुरमा २, रामेछाप १, ललितपुर १, सिन्धुपाल्चोक १ र सिन्धुली १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस प्रदेशको काठमाडौंका ४, चितवनका २, धादिङका १ र भक्तपुरका २ जना उपचारपछि डिस्चार्ज भएका छन् भने सिन्धुपाल्चोककी महिला संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेशको पूर्वी नवलपरासीमा २, लमजुङमा १ र बाग्लुङमा २ जनामा संक्रमण देखिएको छ । तीमध्ये बाग्लुङका दुवै बिरामी डिस्चार्ज भइसकेका छन् ।

यस्तै, प्रदेश नम्बर ५ को कपिलवस्तुमा ६९, पश्चिम नवलपरासीमा ६, बर्दियामा २, बाँकेमा ११५, रुपन्देहीमा २९, दाङमा ५, गुल्मीमा १ जनामा कोरोना संक्रमण देखिएको छ । यस प्रदेशका बाँकेका २१ र रुपन्देहीका १ जना मात्र निको भएका छन् भने बाँकेका एकजनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा एक जना संक्रमित फेला परेको छ । यस्तै, सुदूरपश्चिमको कञ्चनपुरमा १, कैलालीमा ७, डडेलधुरामा १ र बैतडीमा १ जनामा संक्रमित फेला परको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस प्रदेशको कञ्चनपुरका १ र कैलालीका चारजना निको भएर घर फर्किसकेका छन् ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *