हराएका मोवाइल खोज्दै लमजुङ प्रहरी

लमजुङ सदरमुकाम बेसीसहरका सुरज तामाङको डेढ बर्षअघि मोवाइल चोरी भयो । प्रहरीमा उजुरी त गरे तर, पाउछु भन्नेमा ढुक्क थिएनन् ।

डेढबर्ष पनि प्रहरीको फोन आयो, ‘तपाईको मोवाइल फेला प¥र्यो लिन आउनुहोस् ।’ विदेशमा श्रम बगाएर ल्याएको मोवाइल पाउँदा उनी खुसी बने ।

बेसीशहरकै देउमाया गुरुङको पनि घरबाटै मोबाइल चोरी भयो । महिनौपछि मोवाइल पाउँदा उनीपनि खुसी भईन् ।

लमजुङ प्रहरीले विभिन्न समयमा चोरी भएका ३३ वटा मोबाइल पत्ता लगाएर सम्बन्धित व्यक्तिलाई बुझाएको छ । पीडितहरुले दिएको निवेदनका आधारमा हराएका मोबाइल खोजी अभियान सुरु गरेको हो ।

प्रहरीका अनुसार फेला परेका मोबाइलको मूल्य चार लाख ८० हजार पाँच सय रुपैयाँ रहेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले एक सातासम्म हराएको मोबाइल खोजी अभियान नै चलाएको थियो । अभियानको क्रममा विगत दुई वर्ष अघिदेखि हराएको मोबाइल भेटिएको लमजुङ प्रहरीले जनाएको छ ।

पछिल्लो एक महिनामै ३३ वटा चोरी गरिएका मोबाइल पत्ता लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरिक्षक ओमप्रकाश पुनले बताए ।

मोबाइल हराएमा प्रहरीले खोजी गर्छ भन्ने सर्वसाधरणमा जानकारी नहुँदा निवेदन कम आउने गरेको प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले बताए । प्रहरीमा निवेदन दिएमा विभिन्न प्रविधिको प्रयोगबाट हराएका मोबाइल पत्ता लगाउन सकिने थापाले बताए ।

हराएका मोवाइल खोजी अभियान नै चलाएर यति धेरै पत्ता लगाएको यो नै पहिलो भएको प्रहरीले जनाएको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: