स्थानीय तहको सिफारिसमा बहिरी जिल्लाबाट तरकारी र मासु ल्याउन खुला

लमजुङ । कृषि फार्मको ठेगाना खुल्नेगरि स्थानीय तहको सिफारिसमा बाहिरी जिल्लाबाट लमजुङमा तरकारी आयातमा खुला गरिएको छ ।

कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट लमजुङको विहिबार बसेको बैठकले साबधानीपूर्वक बाहिरी जिल्लाबाट तरकारी आयात गर्न दिने निर्णय गरेको हो ।

यसअघि जेठ ९ गते बसेको बैठकले बाहिरी जिल्लाबाट तरकारी तथा फलफुल आयातमा रोक लगाइएको थियो ।

जिल्लाको उत्पादनले नपुग्ने तर छिमेकी जिल्लाबाट पनि आयात गर्न नपाउँदा बजारमा तरकारी र कुखुरा मासु अभाव भएको गुनासो बढेको थियो ।

बाहिरी जिल्लाबाट उत्पादक फार्मको नाम ठेगाना, सम्पर्क नम्बर राखेर परिमाण खुल्नेगरी सम्बन्धित स्थानीय तहको प्रमाणित पत्रसहित तरकारी र मासुजन्य पदार्थ आयात गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जनाकारी दिए ।

अत्याबस्यक बस्तु र सेवाका सामाग्री आपुर्ति यथावत रुपमा गरिने भएको छ ।

कोभिड–१९ संक्रमण जोखिमलाई देखाएर कृतिम मुल्यबृद्धि, कालोबजारी तथा आपुर्ति स्थिति सहज बनाउन स्थानीय तहबाट कडाइका साथ अनुगमन बढाने बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले बताए ।

बैठकमा जिल्ला समन्वय समिति प्रमुखसहित आठ वटै स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकायका प्रमुखहरुको सहभागिता थियो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner