सिन्धुपाल्चोक पहिरोः तीनजनाको शव भेटियो, कम्तीमा २८ जना बेपत्ता

काठमाडौँ – सिन्धुपाल्चोकको बाह्रविसेमाका तीन गाउँमा पहिरो जाँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ भने २८ बेपत्ता भएका छन् । बाह्रविसे नगरपालिका–७ को भिरखर्क, नागपूजे र नेवा टोलमा पहिरो गएको हो ।

सबैभन्दा बढी क्षति भएको नागपूजेमा पहिरोले सात घरमा क्षति हुँदा १९ जना बेपत्ता भएको र एकजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । नागपूजेमा वर्ष ६२–६३ की भक्तिमाया श्रेष्ठको शव भेटिएको उनले बताए ।

यस्तै भिरखर्कमा आइतबार बिहान चारबजे तिर गएको पहिरोमा परेर २३ वर्षकी जुनु बिकको ज्यान गएको छ । त्यहाँका दुई घर बगाउँदा ६ जना बेपत्ता भएको डिएसजी सापकोटाले जानकारी दिए ।

यसैगरी नेवा टोलकी ६० वर्षे सर्किनी नेवारको शव फेला परेको छ । त्यहाँका दुई घर पहिरोले बगाउँदा तीनजना बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पहिरो गएका स्थानमा आर्मी, प्रहरी, सशस्त्र परिचालन भएको जानकारी दिए । प्रभावितको उद्धार तथा बेपत्ताको खोजी कार्य जारी रहेको छ ।

सन्धुपाल्चोकको लिदीमा गएका साउन ३० गते गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: