सरिता गिरीले संशोधन ‘तुरुन्त’ फिर्ता नलिए पार्टीले कारबाही गर्ने

काठमाडौं : समाजवादी पार्टीले सांसद सरिता गिरीलाई उनले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ।

बुधबार पार्टी प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति सार्वजनिक गर्दै संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन्। 

विज्ञप्तिमा गिरीले उक्त प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनीसमेत दिइएको छ। 

सांसद गिरीले नेपालको संविधान दोस्रो संशोधन विधेयक खारेज गर्न माग गर्दै बुधबार संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन्।

गिरीको उक्त प्रस्तावको चौतफी विरोध भइराखेको बेला पार्टीलेसमेत उनलाई कारबाहीको चेतावनी दिएको हो।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner