सकियो नेकपा सचिवालय बैठक : के भयो निर्णय ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।

आजको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त अध्यक्षतामा बसेको थियो ।

प्रवक्ता श्रेष्ठका अनुसार सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बैठकमा सुझाव माग गरेको र आफूहरुले सुझाव दिएको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

स्थगित भएको स्थायी कमिटी बैठकका विषयमा छलफल भए पनि अर्को मिति तय नभएको श्रेष्ठले बताए । यसअघि सचिवालय बैठकले वैशाख २४ गते र ३० गते निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *