संविधान संशोधन विधेयक सर्वसम्मत पारित

काठमाडौं । नेपालको परिमार्जित नक्सासहितको निशान छाप संविधानमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको छ ।

शनिबार प्रतिनिधिसभाले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मतले पारित गरेको हो । संशोधन विधेयक कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निशान छापमा राख्न ल्याइएको थियो ।

सांसदहरुको दस्तखतसहितको हस्ताक्षरका आधारमा मत संकलन गरिएको थियो । प्रतिनिधिसभाको शनिबारको बैठकमा उपस्थित २५८ जना सांसदले नै संशोधनको पक्षमा मतदान गरेका छन् । उक्त मत प्रतिनिधिसभामा तत्काल रहेको कुल २७५ जना सांसदको दुई तिहाईभन्दा बढी हो

सरकारले ल्याउको प्रस्तावमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पाटी सबै दल पक्षमा रहेका छन् । सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner