संविधान संशोधनसँगै एउटा कोर्स पूरा, अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ- लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको निशानछान समावेश गरी सर्वसम्मतले संविधान संशोधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनसँगै एउटा कोर्स पूरा भएको प्रतिक्रिया दिएका छन्। उनले अब भारतसँग वार्ता हुने बताएका छन्।

संसदले सर्वसम्मतद्वारा शनिबार साँझ संविधान संशोधन प्रस्ताव पारित गरेको हो।

संविधान संशोधनमा अभूतपूर्व एकता देखिएको भन्दै उनले प्रसन्नता पनि व्यक्त गरेका छन्। प्रतिनिधिसभामा उपस्थित २५८ सांसदद्वारा सर्वसम्मतले संविधान संशोधनका पक्षमा मतदान गरेका थिए। प्रधानमन्त्रीले संसद्‌बाट बाहिरिँदै भने, ‘एउटा कोर्स पूरा भो, अब वार्ता हुन्छ। अभूतपूर्व एकता देखिएको छ।’

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner