संघीयताको विकल्प खोजे महंगो पर्छ : मन्त्री चुमान

लमजुङ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले संघीयताको विकल्प कसैले खोजेमा देश र जनताको लागि निकै महंगो पर्ने बताएका छन् ।

गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिद्धारा पत्रकारहरुलाई बेँसीशहरमा शनिबार आयोजित ‘कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको असर र अवको पत्रकारिता अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम’ को उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै चुमानले सो कुरा बताएका हुन् ।

संघीयता नहुँदा निश्चित समुह वा कसैको निम्ती राम्रो भएपनि देश र जनताको निम्ती निकै मंहगो पर्ने उनको भनाई थियो । मन्त्री चुमानले भने, ‘संघीयता कार्यान्वयको चरणमा छ, विकास निर्माणका कामले गति लिएको छ । काम गर्दै जाने क्रममा कमजोरी हुन्छन् । कमजोरीलाई लिएर तिललाई पहाड बनाएर संघीयता माथि नै आँच आउने गरी काम नगरौं ।’ संघीयताको पक्षमा दृदता पुर्वक अगाडी बढ्दै जसरी नी संघीयता सफल बनाउनु पर्छ ।’

कोभिड पछिको सञ्चार क्षेत्र र सञ्चारकर्मीहरुको मनोबल बढाउन क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्न प्रदेश सरकार तयार रहेको उनले बताए । पत्रकारहरुले लेखेको समाचारमा सत्यतथ्य र पढौ–पढौ खालको हुनुपर्ने उनले सुझाव दिए ।

मन्त्री चुमानले भने ‘कुन मिडिया कुन पक्षले सञ्चालन गरेको छ भन्ने सर्लकै छुटिन्छ । एउटै बिषय फरक÷फरक समाचार बन्छन । तथ्यमा आउँदैन ।’

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले कोभिड १९ को महामारीका बेला हालसम्म ५ सय बढी पत्रकारहरु संक्रमित र केहीको निधन समेत भएको भन्दै सुरक्षा र सतर्कतालाई पहिलो प्राथमिकतामा राखेर समाचार सम्प्रेशन गर्नुलाई अनुरोध गरे ।

कोभिडले जनचेतना र जिम्मेवार ती कार्यहरु थप जिम्मेवार बनाउन सञ्चारकर्मीको भूमिका रहेको उनको भनाई थियो । उनले भने, तीन वटै सरकारले प्रेस स्वतन्त्रमैत्री कानुन बनाएको छैन । यसको विरोधमा अझै पत्रकार महासंघको लडाई जारी छ ।

गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले कोभिडले हामीलाई चुनौती र अवसरहरुको सिर्जना गरेको बताउँदै अवसरको उपयोग गरेर अघि बढनु पर्ने बताए । उनले सूचना र समाचारको पहिचान गर्नुपर्ने बताए । संचारमाध्यमले आवज विहिनहरुको आवाजलाई उजागर गर्नु पर्ने भन्दै सञ्चारमाध्यम बलियो भएमात्र संघीता र लोकतन्त्र बलियो हुने बताए ।

त्यस्तै बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले कोभिड–१९ का सन्र्दभमा बेसीशहर नगरपालिकाले गरेका रोकथाम, उपचार, नियन्त्रण र राहत तथा सकारात्मक प्रयासका बारेमा जानकारी गराए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले सहभागीहरुलाई प्रशिक्षण दिँदै तथ्य, तर्क र प्रमाणका आधारमा समाचार लेख्नु पर्ने बताए । उनले खोज्दै आएको समाचारलाई नभई लुकेका र लुकाउन खोजेका समाचारलाई बाहिर ल्याउनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सदस्य रामजी लम्सालले डिजिटल मिडियामा कोभिड–१९ ले पारेको असरका बारेमा प्रशिक्षण दिए । कार्यक्रममा प्रदेशका करिब ५० जना पत्रकारहरुको सहभागिता रहेको थियो । गण्डकी प्रदेशका एघार जिल्ला समेटेर तीन चरणमा आयोजना हुने सो कार्यक्रम शनिबार लम्जुङ, आइतबार पोखरा र अर्को कुश्मामा आयोजना हुने माहासचिब गणेश पौडेलले जानकारी दिए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: