संक्रमित बालकको आमालाई फोन गरेर मुख्यमन्त्री गुरुङले भने : आवश्यक सहयोग गर्छु

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ संक्रमण पुष्टि भएका लमजुङका बालकबारे सोधपुछ गरी आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् ।

मुख्यमन्त्रीले विहिबार संक्रमित बालककी आमालाई टेलिफोन गरी स्वास्थ्य अबस्थाबारे जानकारी लिएको प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।

‘संक्रमित बालकको स्वास्थ्य अवस्था र उपचारको प्रगतिका सम्बन्धमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बालककी आमासँग टेलिफोन मार्फत जानकारी लिनुभएको छ,’ मुख्यमन्त्री प्रेस संयोजक बिक्रम न्यौपानेले भने, ‘कुराकानीका क्रममा बालककी आमाले बालकको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ ।’

न्यौपानेका अनुसार मुख्यमन्त्री गुरूङले बालककी आमालाई उनको उपचारका क्रममा आवश्यकता अनुसार सहयोग गर्ने आश्वासन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले संक्रमित ब्यक्ति काठमाण्डौं–१६ बनस्थली बस्ने ३ बर्षिया बालक रहेको जनाएको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner