विभिन्न जिल्लामा थपिए ११४ जना कोरोना संक्रमित : संक्रमितको संख्या ८८६ पुग्यो

काठमाडौं । विभिन्न जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या १ सय १४ जना थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको हो ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित १ सय १४ जनासहित कूल संक्रमितको संख्या ८ सय ८६ पुगेको जानकारी दिए ।

सिरहामा २ जना, बारामा ७ जना, रौतहटमा ३६ जना, सप्तरीमा ११ जना, झापामा १७ जना, मकवानपुरमा १ जना र बागलुङमा ६ जनामा नयाँ संक्रमण देखिएको छ । त्यस्तै रुकुमपूर्वका ३, दाङका १५ जना र बाँकेमा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको प्रवक्ता देवकोटाले जनाएका छन् ।

This image has an empty alt attribute; its file name is sankarmit.jpg

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner