लायन्स क्लबद्धारा पल्लोटारी पहिरो पीडितलाई ३ लाख २८ हजारको राहत

लमजुङमा रहेको लायन्स क्लब अफद्धारा पहिरो पीडितलाई राहत सहयोग गरेको छ । शनिबार लायन्स क्लब अफ बेँसीशहर, लायन्स क्लब अफ सुन्दरबजार लगायतले लायन्स क्लबका विभिन्न शाखाले संयूक्त रुपमा मस्र्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीका पहिरो पीडितहरुलाई जस्तापाता, खाद्यन्न, भाँडाकुडा, लत्ताकपडा लगायतका सामग्री सहयोग गरेको हो ।

गण्डकी प्रदेशका सांसद धनञ्जय दवाडी, गाउँपलिका अध्यक्ष अर्जुन गुरुङको उपस्थितिमा वडाध्यक्ष प्रेम बस्नेतलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गर्दै सांसद दवाडीले उद्धारको चरण सकेचर, अस्थायी स्थान्तरण र राहातको क्रममा रहेको र अब दिर्गकालिन बासस्थान स्थानीय, प्रदेश र संघ सरकार मिलेर बनाउने बताए ।

त्यस्तै, लायन्स क्लब बेँसीशहरका अध्यक्ष ताराराज घलेले सामाजिक क्षेत्रमा क्लबले सहयोग गर्दै आएको र यस विपतको घटीमा यहाँ समेत केही सहयोग पुग्ने अपेक्षाले विभिन्न सामग्री सहयोग गरिएको बताए । लायन्स ईश्वर पौडेलका अनुसार जस्तापाता १० बन्डल, तरकारी पकाउने ताप्के २२ वटा, दाल चामल, पेसर कुकर लत्ताकपडा लगायतका सामग्री गरी ३ लाख २८ हजार ५७५ रुपैयाँ बराबरको सहायोग रहेको छ ।

पल्लोटारीमा सहाउन ७ र ८ गते आएको बाढीले २१ घर पूर्ण ध्वस्त बनाएको थियो भने, ८ घर आधा पुरिएको छ । ५३ घर उच्च जोखिममा रहेको छ । सो बाढीले गाउँका ८४ घरधुरी नै विस्थापित भएको छ । उनीहरुलाई तरापु क्षेत्रमा अस्थायी ब्यवस्थापन गरेर राखिएको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner