लामो दूरीका सवारी यात्रुले यात्राभर मास्क लगाउनुपर्ने, यी हुन् यात्राका पाँच नियम

काठमाडौं- बिहीबारबाट लामो, मध्यम र छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आउँदैछन्। यातायात व्यवसायी र मजदूरको संयुक्त कार्यदलले बुधबार यातायात मजदुर र यात्रुले अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड सार्वजनिक गरेको छ।

कार्यदलद्धारा जारी विज्ञप्तिमा यात्रुलाई यात्रा सुरु गर्नुअघि स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र यात्रुले यात्राभर अनिवार्य मास्क लगाउनुपर्ने उल्लेख छ। यसैगरी चालक, सहचालक, परिचालक, बुकिङ कर्मचारीलगायत यातायात मजदुरले मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजरलगायत स्वास्थ्य सुरक्षाका उपकरण अनिवार्य रुपमा लगाउन आग्रह गरिएको छ।

छ महिनापछि लामो दुरीका सार्वजनिक सवारी साधन सन्चालनमा आउन लागेका हुन्। यसमा जोर-बिजोर प्रणाली लागु हुने छैन।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: