लमजुङ प्रहरीलाई रा.बा.बैंकको स्वास्थ्य सामाग्री

राष्ट्रिय बाणिज्य बैँक बेसीशहर शाखाले लमजुङ प्रहरीलाई स्वास्थ्य सामाग्री दिएको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिदैँ आएका प्रहरीको स्वास्थ्य सुरक्षाका लागि स्यानिटाइजर, मास्कलगायतका सामाग्री दिइएको हो ।

शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गतको शिर्षकमा प्रहरीहरुका लागि एकहजार थान सर्जिकल मास्क, एकसय थान सेनीटाईजर सहयोग गरेको शाखा प्रवन्धक सोमनाथ पौडेलले जानकारी दिए ।

शाखा प्रवन्धक पौडेलले प्रहरी नायव उपरिक्षक (डिएसपी) रविन्द्रमान गुरुङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

करिब ४० हजार रुपैयाँ बरावरको सामाग्री सहयोग गरिएको शाखाले जनाएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि अग्रपंक्तिमा खटिने अन्य सरोकारवालाहरुलाई पनि स्वास्थ्य सामाग्री वितरण गर्र्दै जाने बैंकले जनाएको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner