लमजुङमा २४ दिनको शिशुसहित १८ जनाले जिते कोरना

Covid Corona Virus in Real 3D Illustration concept to Describe about Corona Virus anatomy and type.

लमजुङमा २४ दिनको नवजात शिशुसहित एकैदिन १८ जनाले कोरोना जितेका छन् । आइसोलेसनमा उपचाररत १८ जना कोरोनामुक्त भएर शनिवार डिस्चार्ज भएका हुन् ।

कोरानामुक्ता हुनेमा बेसीशहर नगरपालिकाका ९, क्व्होलासोंथर गाउँपालिकाका १, लमजुङमा कार्यरत ५, मर्स्याङ्दी गाउँपालिकाका १ र राइनास नगरपालिकाका १ र २४ दिनका नवजात शिशु रहेको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । नवजात शिशुमा गएको भदौ १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

योसँगै लमजुङमा कोरोना संक्रमणवाट निको हुनेको संख्या १४ महिला, १ सय २५ पुरुष गरी १ सय ३९ पुगेको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: