लमजुङमा यातायात सम्वन्धी सेवा प्रवाह सुरु, मुख्यमन्त्री गुरुङ भन्छन–‘अब घरआँगनमै प्रदेश सरकार आयो’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकलाई अनुभूति हुने गरी प्रदेश सरकार घरआँगनमा आएको दावी गरेका छन् ।

आफ्नै घरआँगनमै रहेको प्रदेश सरकारको कार्यालयबाट बढीभन्दा बढी सेवा लिन उनले नागरिकलाई आग्रह गरे ।

पूर्वाधार विकास कार्यालय लमजुङमा आइतबारबाट सुरु भएको यातायातसम्बन्धी सेवाको भर्चुअल कार्यक्रममार्फत शुभारम्भ गर्दै उनले गण्डकी प्रदेशको ११ वटै जिल्लामा पूर्वाधार विकास कार्यालयको स्थापना भएको जानकारी दिए ।

प्रदेश सरकारले यातायात संगै कृषि, स्वास्थ्य, सिँचाई, बन, भेटेरिनरी अस्पताललगायत जनतासंग प्रत्यक्ष जोडिने विकास निर्माणका कार्यमा अधिकतम रुपमा सेवा प्रदान गर्दै आएको उनको भनाई थियो ।

लमजुङमा आईतबारदेखी यातायात सम्वन्धी सेवा प्रवाह शुरु भएको छ । जिल्लास्थित पूर्वाधार विकास कार्यालय मार्फत यातायात सम्वन्धी सेवा प्रवाह शुरु भएको हो ।

गण्डकी प्रदेश सरकारले यातायात कार्यालयबाट हुने सेवा प्रवाहका लागि लमजुङ सहित तिन जिल्लामा सेवा विस्तार गरेसँगै लमजुङमा पनि सेवा प्रवाह शुरु भएको हो । विलबुक नविकरण, यातायात रुट परमिट, नविकरण तथा पटके सँकलन सेवा शुरु गरिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमूख सुमन गिरीले बताए ।

पूर्वाधार विकास कार्यलय गोरखाका कार्यालय प्रमूख दयाराम अधिकारीको अध्यक्षतामा भएको भर्चुअल उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सहित गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, गण्डकी प्रदेश सभा नेकपा संसदिय दलका मुख्य सचेतक मायानाथ अधिकारी, गण्डकी प्रदेश सभा सदस्यद्धय धनञ्जय दवाडी, मधु अधिकारी लगायतको सहभागिता रहेको थियो ।

यस्तै भर्चुअल कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता राजेन्द्र घिमिरे, प्रदेश निजी तथा योजना आयोगका अध्यक्ष गिरीधारी शर्मा पौडेल, जिल्ला समन्वय समिति लमजुङका प्रमूख लोकराज पाण्डे, गण्डकी प्रदेशका प्रमूख सचिव विष्णुप्रसाद नेपाल, भौतिक पूर्वाधार विका मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठ, लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, प्रशासन तथा यातायात महाशाखा प्रमूख टिकाराम पौडेल, नेपाल पत्रकार महासँघ लमजुङका अध्यक्ष आश गुरुङ लगायतले सहभागिता जनाएका थिए ।

सेवा प्रवाहसँगै पूर्वाधार विकास कार्यालय लमजुङले पहिलो सेवाग्राहिलाई सम्मान समेत गरेको छ । बेसीशहर–८ का यज्ञनारायण श्रेष्ठलाई कार्यालय प्रमूख गिरीले मायाको चिनो सहित सम्मान गर्नुभएको हो ।

सेवा विस्तार भएसँगै विलबुक नविकरण सहित अव रुट प्रमिट, नविकरण, सवारी कर लगायतका काम जिल्लाबाट नै गर्न सकिने भएको छ । यसअघि तनहुँबाट हुँदै आएको यातायात सम्वन्धी सेवालाई चालु आर्थिक वर्षबाट सम्वन्धीत जिल्लामै कार्यालय स्थापना गरी सेवा विस्तार गर्ने प्रदेश सरकारले निर्णय गरेको हो । प्रदेश सरकारले गोर्खा, लमजुङ र स्याङ्जामा सेवा विस्तार गरेको हो । कोभिड–१९ को प्रभावसँगै सेवा प्रवाहको लागि प्राविधिक व्यवस्थापन गर्न समय लागेको कार्यालयले जनाएको छ ।

यातायात रुट परमिट, नविकरण तथा पटके सँकलन सेवाको तयारी गरिएपनि तत्कालका लागि सवारी विलबुक नविकरणको काम शुरु गर्न लागिएको पूर्वाधार विकास कार्यालय यातायात शाखाका कर्मचारी सशिन्द्र न्यौपानेले जानकारी दिए ।

चालु आर्थिक वर्षको साउन महिनादेखि नै पूर्वाधार विकास कार्यालय मार्फत यातायात सम्वन्धी सेवा सञ्चालन हुने प्रदेश सरकारले निर्णय गरेको थियो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: