लमजुङमा मनाइयो जनयुद्धका सहिदको स्मृति दिवस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङले जनयुद्धका चार जना शहिदको स्मृति दिवस मनाएको छ ।

मंगलबार एक कार्यक्रमका विच जनयुद्धका महान शहीदहरु सुरेश वाग्ले (बासु) भिमसेन पोख्रेल (बैरागी), हरिकला पौडेल (भूमिका), धनकौरी तामाङ (प्रगति) को स्मृति दिवस मनाएको हो ।

स्मृति दिवसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका मुख्य सचेतक देवप्रसाद गुरुङले चारैजनाको फोटोमा टिका, फूल चढाउनुका साथै खदा लगाएका थिए ।

उनले सहिदले रोजेको बाटोमा हिँड्नुपर्ने र सहिदको सपना साकार गर्नतर्फ लाग्नुपर्नेेमा जोड दिए । कार्यक्रममा नेकपा लमजुङकी अध्यक्ष मुधमाया अधिकारी, बेंसीसहर नगरपालिका ८ का वडाध्यक्ष पवित्रा थापा राना, नेकपा कार्यालय सदस्य सुभाष पौडेल, जिल्ला सदस्य विवस बुढाथोकी, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य हिरालाल विक, सुनिल सुनार (अटल), नेकपा बेंसीशहर १० वडा कमिटीका अध्यक्ष गंगाबहादुर थापालगायतले सहिदको फोटोमा टिका र फूल चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनीहरुले जनयुद्धका महान सहिदको सम्मानका लागि सहिदको सपना पुरा गर्नुपर्ने र उनीहरुले रोजेको बाटोमा हिँड्नुपर्ने बताए ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओबादीका बैकल्पिक पोलिट ब्युरो सदस्य सुरेश वाग्ले (बासु) र जिल्ला कमिटी सदस्य भिमसेन पोख्रेल (बैरागी) को २०५६ साल भदौ २३ गतेका दिन तत्कालीन प्रहरीद्धारा घेरामा पारी हत्या गरिएको थियो ।

हरिकला पौडेल (भूमिका) लाई २०५७ साल भदौ २३ गते नाल्मामा विद्यार्थी संगठन निर्माण गरी फर्कने क्रममा सेनाद्धारा हत्या भएको थियो । यस्तै सहिद धनकौरी तामाङ (प्रगति) को अर्घाखाँचीमा लडाईमा सहादत भएकी थिइन् ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: