लमजुङमा बहिरी जिल्लाबाट तरकारी र फलफुल आयतमा रोक

लमजुङमा जिल्ला बाहिरबाट तरकारी तथा फलफुल आयतमा रोक लगाइएको छ । कोरना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाह्य जिल्लाबाट तरकारी तथा फलफुल आयातमा रोक लगाइएको हो ।

बाह्य जिल्लाबाट तरकारी तथा फलफुल ल्याउँदा जोखिम बढ्ने देखिएकाले कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट लमजुङको शुक्रबार बसेको बैठकले रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

बैठकले राइनास नगरपालिकाको भैरव माविमा क्वारेन्टिन ब्यवस्था गरी नेपाली सेनाको श्रीजंग गणबाट सुरक्षाको ब्यवस्था गर्ने निर्णय गरेको छ ।

यस्तै बेंसीसहरको सहजीमा रहेको क्वारेन्टिनको सुरक्षामा शसस्त्र प्रहरी खटाउने निर्णय बैठकले गरेको छ । सुन्दरबजारको लमजुङ कृषि क्याम्पसमा रहेको क्वारेन्टिनको सुक्षामा नेपाली सेना खटाइएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि हेल्थ डेक्समा खटिएका स्वास्थयकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकारहरुको आरडिटी जाँच गर्ने बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी काजिमान सुनारले बताए ।

बैठकले क्वारेन्टिन ब्यवस्थापनका लागि स्थानीय तहबाट रु एक लाख रुपियाँका दरले रकम दिने निर्णय तत्काल कार्यन्वयन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले जानकारी दिए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner