लमजुङमा पहिलोपटक ५ जनामा कोरना संक्रमण फेला परेको छ । भारतबाट आएर सदरमुकाम बेंसीसहर र सुन्दरबजारको क्वारेन्टिनमा बसेकाहरुमा कोरना संक्रमण देखिएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बेसीसहरस्थित सहरी विकास डिभिजन भवनमा रहेको क्वारेन्टिनमा रहेका ३ र सुन्दरबजारस्थित लमजुङ कृषि क्याम्पसको क्वारेन्टिनमा रहेका २ जनामा कोरना संक्रमण पोजेटिभ देखिएको हो ।
सहरी विकास डिभिजनको क्वारेन्टिनमा रहेका संक्रमितहरु बेसीसहर नगरपालिका–३ का २१ बर्षिय पुरुष, क्ब्होँलासोँथर गाउँपालिका–९ का १७ बर्षिया पुरुष र बारा कोहोल्वीकी ४१ ब्र्षिया महिला रहेकी छन् ।
यस्तै लमजुङ कृषि क्याम्पसको क्वारेन्टिनमा रहेका संक्रमितहरु मध्यनेपाल नगरपालिका–४ र ६ का ४२ र २० बर्षका पुरुष रहेका छन् । उनीहरुको थ्रोट स्वाव संकलन गरि गण्डकी प्रदेश प्रयोगशालामा पठाइएको थियो ।
संक्रमितहरुलाई लमजुङ सामुदायिक अस्पतालको आइसुलेसनमा राख्ने तयारी गरिएको छ ।
यसअघि लमजुङको सुन्दरबजार घर भएका तीन बर्षिया बालक काठमाण्डौमा संक्रमित भएका थिए । उनी कोरनामुक्त भैसकेका छन् ।