लमजुङमा नेपाली सेनाका १६ जनासहित १७ जना संक्रमित

लमजुङमा नेपाली सेनाका १६ जना सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतवार विहान क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा लमजुङमा रहेको श्रीजंग गणका कृषि तथा पशुपालन तालिम केन्द्रमा कार्यरत १६ जना पुरुषमा कोरना संक्रमण पुष्टि भएको हो ।

यस्तै बेसीशहर नपा–२ का ५२ बर्षिय एक महिलाको चितवन मेडिकल कलेजमा स्वाब संकलन गरी पोजेटिभ देखिएको थियो । उहाँको सोही अस्पतालमा उपचार भैरहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

यसअघि पनि लमजुङमा कार्यरत नेपाली सेनाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थिए । योसँगै लमजुङमा कार्यरत नेपाली सेनामा कोरोना संक्रमितको संख्या ३८ जना पुगेको छ । त्यस्तै लमजुङमा कार्यरत नेपाल प्रहरी ३६, संञ्चारकर्मी ७ र स्वास्थ्यकर्मी ७ जनामा कोरोना संक्रमित पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

लमजुङमा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय २ जना पुगेको छ । उपचारपछि निको भई १३९ जना घर फर्किसकेका छन् । १ सय ६३ जनाको आइशोलेसनमा उपचार भैरहेको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: