लमजुङमा देखियो सलह किरा

बेंसीसहर : लमजुङको विभिन्न स्थानमा सलह किरा देखिएको किसानले बताएका छन् । कृषि ज्ञान केन्द्र लमजुङका अनुसार जिल्लाको सुन्दरबजार, क्व्होँलासोँथरको सिङ्दी क्षेत्रका किसानहरुले सलह किरा देखिएको जानकारी दिएका हुन् ।

सुन्दरबजार नगरपालिका ६ फेदीकुनामा सलह किरा देखिएको कृषि ज्ञान केन्द्र लमजुङका बाली संरक्षण अधिकृत विजय पौडेलले जानकारी दिए । ‘यहाँ देखिएका किरा हेर्दा र अनुसन्धान गर्दा सलह नै भएको पुष्टि भएको छ, पौडेलले भने, ‘ठूलो संख्यामा छैन, थोरै मात्र देखिएको हो।’

यात्राको क्रममा हावाको गति र पानीका कारण थोरै मात्रामा झरेको हुनसक्ने कृषि प्राविधिकहरुको अनुमान छ । सहलबाट खेतीबाली बचाउन सबै कृषि शाखाहरुमा उच्च सर्तकता अपनाउन निर्देशन दिइएको अर्थ विज्ञ मदन रेग्मीले जानकारी दिए । 

‘अहिले थोरै देखिएपनि सतर्कता अपनाउनुपर्छ, रेग्मीले भने, ‘तत्कालका लागि धानको बीउ, कोदोको बीउ जोगाउन किसानलाई भनेका छौं ।’

सलह रातिमा निस्क्रिय र पानी परेका कारण कम सक्रिय हुने भएकाले पनि अहिले नदेखिएको हुन सक्ने कृषि प्राविधिकहरुको अनुमान छ । ‘हामी फिल्ड मै पुगेर अनुसन्धान गर्दैछौं, कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख रोहिणीराज घिमिरेले भने, ‘यसको संख्या कति छ, कस्तो अबस्थामा छन भन्ने बारे बल्ल भन्न सकिन्छ ।’

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner