लमजुङमा खुल्यो करदाता सेवा कार्यालय, दुई जिल्ला लाभान्वित

लमजुङमा करदाता सेवा कार्यालय खुलेको छ । लमजुङ र मनाङ जिल्लाका करदातालाई समेट्ने गरी बिहीबारदेखि बेसिशहरमा करदाता सेवा कार्यालय स्थापना भएको हो ।

बिहीबार आयोजित कार्यक्रममा करदाता बेसिशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्याल र प्रमुख कर अधिकृत सुर्य प्रसाद सेढाईले उद्घाटन गरे । कार्यालय स्थापनापछि यस भेगमा करको दायरा बिस्तार गर्न र करदातालाई सहज रुपमा सेवा उपलब्ध गराउन सकिने कर अधिकृत सुशील लम्सालले बताए ।

बिहीबार स्थानीय अनिल दवाडीलाई लेखा नम्बर प्रदान गर्दै कार्यालयको सेवा शुभारम्भ गरिएको थियो । यसअघि आन्तरिक राजस्व कार्यालय दमौलीबाट भइरहेका काम अब लमजुङ र मनाङका लागि बेसिशहरमै उपलब्ध भएको लम्सालले जानकारी दिए ।

यी दुई जिल्ला पर्यटकीय व्यवसायका लागि चिनिएका छन् । मनाङमा कुल ५ सय ९७ र लमजुङमा ८ हजार २ सय ९० करदाता दर्ता भइसकेको तथ्यांक रहेको छ ।

यसअघि मनाङका सेवाग्राहीहरुलाई कम्तिमा तीन दिन लगाएर तनहुँ र पोखरा गएर सेवा लिनुपथ्र्यो ।

लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले लमजुङमा कार्यालय सञ्चालनमा आएकाले धेरै सहज हुने बताए ।

लमजुङका ८ हजार २ सय ९० र मनाङमा ५ सय ९७ करदाता रहेको कार्यालय प्रमुख लम्सालले बताए ।

कार्यालय स्थापनापछि करको दायरा बढ्ने र धेरै जना करमा आबद्ध हुने बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: