लमजुङमा खरको छानो विस्थापित गर्न ४ कराेड ८८ लाख

खरको छानो विस्थापित गर्न लमजुङका ८ वटा स्थानीय तहमा ४ करोड ८८ लाख लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं नेकपा संसदीय दलका मुख्य सचेतक देवप्रसाद गुरुङको पहलमा शहरी विकास मन्त्रालयबाट खरको छानो विस्थापित योजना अनुसार बजेट विनियोजन भएको हो ।

मुख्य सचेतक गुरुङका स्वकीय सचिव कमल खड्काका अनुसार खरको छानो भएका प्रत्येक घरले करिव ५०÷५० हजार रुपैयाँ पाउनेछन् ।

मध्यनेपाल नगरपालिकाका १ सय ८९ घर, सुन्दरबजार नगरपालिकाका १ सय ६० घर, बेंसीसहर नगरपालिकाका १ सय ४२ घर, राइनास नगरपालिकाको ९३ घरको छानो खरको रहेकोमा छानो फेर्नका लागि बजेट विनियोजन भएको हो ।

यस्तै, क्व्होलासोंथर गाउँपालिकाका १ सय २४ घर, दूधपोखरी गाउँपालिकाका ८३ घर, दोर्दी गाउँपालिकाको ९९ घर र मस्र्याङदी गाउँपालिकाको ८६ घरको छानो फेरिने भएको छ ।

लमजुङका बेंसीसहर नगरपालिका, मस्र्याङ्दी गाउँपालिकाले खरको छानो हटाएर जस्ताको छानो फेर्ने कार्यक्रम यसअघि नै सुरु गरेका छन् । यो कार्यक्रमलाई अहिले केन्द्रीय सरकारले पनि सहयोग गरेको हो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: