लमजुङमा कोरोना संक्रमित ६२ पुगे, २२ जना निको भए

लमजुङमा बिहीबार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सुन्दरबजारस्थित कृषि क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेकाहरु रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । 

संक्रमित हुनेमा दूधपोखरी गाउँपालिका-६ का ४२ वर्षीय पुरुष, सुन्दरवजार नगरपालिका-८ का २८ वर्षीय पुरुष, राइनास नगरपालिका-६ का २५ वर्षीय पुरुष, राइनास नगरपालिका- ८ कै २५ वर्षीय पुरुष र सुन्दरबजार नगरपालिका-६ का २६ वर्षीय पुरुष रहेका छन् ।

बुधबार लमजुङ राइनास नगरपालिकाका ३४ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको थियो । उनको भक्तपुर केएमसी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

लमजुङमा कोराना संक्रमित संख्या ६२ पुगेको छ । लमजुङ स्थायी ठेगाना भइ वाह्य जिल्लामा बस्ने ५ जना रहेका छन् । लमजुङको विभिन्न स्थानका आइसोलेसनमा उपचार गरी २० जना, तनहुँ छिम्केश्वरी अस्पताल र काठमाडौ बनस्थलीको आइसोलेसनमा एक/एक जना गरी २२ जना संक्रमित निको भएर घर फर्केका छन् ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner