लमजुङमा कात्तिकमा मात्र १४ लाख नगदसहित ३३ जुवाडे पक्राउ

लमजुङ प्रहरीले पछिल्लो केही दिन यता जुवातास खेल्ने र खेलाउने ३३ जनालाई पक्राउ गरेको छ । कात्तिक महिनाको पछिल्लो हप्ता मात्र १४ लाख १४ हजार १ सय २७ रुपियाँसहित ३३ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार पक्राउ परेका ११ जनालाई कारबाही गरिसकिएको छ भने २२ जना अनुसन्धानका लािग थुनामा रहेका छन् ।

प्रहरीका अनुसार शुक्रबार मात्रै जुवाखालबाट ८ जना पक्राउ परेका छन् । शुक्रबार दिउँसो मध्यनेपाल नगरपालिका ६ भोर्लेटारमा दिलिपकुमार गुरुङको घरबाट ८ पक्राउ परेका हुन् । गुरुङको घरमा हारजितको बाजी राखी जुवातास खेल भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीको कमाण्डमा प्रहरी टोली खटिएका थिए ।

घरलाई घेराबन्दी गरी जुवातास खेल्ने व्यक्तिलाइ पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा मध्यनेपाल नगरपालिका ६ का ३८ बर्षीय उदय दुरा, ५० बर्षीय हरि रेग्मी, २८ बर्षीय दुर्गाबहादुर थापा, ४८ बर्षीय भिमबहादुर धिंगल गुरुङ, ४७ बर्षीय होमबहादुर गुरुङ, ५३ बर्षीय शिवलाल श्रेष्ठ, ३९ बर्षीय शम्शेरबहादुर भुजेल र घरधनीसहित ३४ बर्षीय दिलिपकुमार गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट १ लाख ८७ हजार २५ रुपियाँसहित चार बुक खुल्ला तास बरामद गरिएको छ । उनीहरुलाई प्रहरी हिरासतमा राखि मुलुकी अपराध संहिता २०७४ बमोजिम सार्वजनिक हित, स्वस्थ्य,सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत रहेको जुवा खेल्न वा सट्टा वाजि गर्न नहुने कसुर अन्तरगत अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यस अघि कात्तिक २५ गते मध्यनेपाल नगरपालिका १ सरौदिमा हारजितको बाजि राखि जुवा तास खेलिरहेको अवस्थामा ११ लाख ४७ हजार ८ सय ४२ रुपियाँसहित १४ जनालाई पक्राउ गरेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै, कात्तिक १७ गते सुन्दरबजार नगरपालिका ९ बगैंचामा हारजितको बाजि राखि जुवा तास खेलिरहेको अवस्थामा ७९ लाख २ सय ६० रुपियाँसहित ११ जना पक्राउ परेका थिए । पक्राउ परेका उनीहरुलाई अपराध संहिता २०७४ को सार्वजनिक हित, स्वस्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा वाजि गर्न नहुने कसुर अन्तर्गत कारबाही भइसकेको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: