लमजुङमा करिब ५ सयको आरडीटी जाँच, २ जनामा एण्डीबडी पोजेटिभ

लमजुङमा आरडीटी विधिबाट गरिएको कोरोना परीक्षणमा २ जनामा एण्टीबडी पोजेटिभ देखिएको छ ।

जिल्ला कमाण्ड पोष्टका अनुसार मध्यनेपालमा १ जना र बेंसीसहरमा १ जनामा आरडीटी जाँचमा एण्टीबडी पोजेटिभ भेटिएको हो । दुवैजनाको थ्रोट स्वाव लिएर पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाइएको छ ।

मध्यनेपालमा पोजेटिभ देखिएका प्रहरी हुन भने बेंसीहरस्थित लमजुङ जिल्ला अस्पतालमा जाँच गर्दा पोजेटिभ भेटिएका सहजीस्थित क्वारेन्टिनमा बसेका ब्यक्ति रहेको बताइएको छ ।

पीसीआर परीक्षण रिपोट नआउँदासम्म एण्टीबडी पोजेटिभ देखिदैमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पत्ता लगाउन नसकिने चिकित्सकहरु बताउँछन् ।

कमाण्ड पोष्टका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले दुइजनाकै थ्रोट स्वाव पोखरा पटाइएको बताए ।

लमजुङमा हालसम्म ४ सय ९४ जनाको आरडीटी परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार परीक्षण गर्नेमा १ सय ४१ महिला र ३ सय ५३ पुरुष रहेका छन् । शुक्रबारसम्म सुन्दरबजार नगरपालिकामा ९१, राइनास नगरपालिकामा ५८ जना, बेंसीसहर नगरपालिकामा १ सय २ जनाको आरडीटी परीक्षण गरिएको छ ।

यस्तै मस्र्याङदी गाउँपालिकामा ५० जना, क्व्होलासोंथर गाउँपालिकामा ६० जना, दूधपोखरी गाउँपालिकामा २८ जनाको आरडीटी परीक्षण गरिएको छ । मध्यनेपाल नगरपाकिलामा ३ २४ जना, दोर्दी गाउँपालिकामा २२ जना, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा १९ ५९ जनाको आरडीटी परीक्षण गरिएको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner