लमजुङमा आइतबार थपिए १५ जना कोरना संक्रमित

लमजुङमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतवार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ८ महिला र ७ जना पुरुष गरी १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

सुन्दरबजार नगरपालिका वडा नं. ९ का ४२, ५५, १४, २५, ६ बर्षिय पुरुष, वडा नं. ९ कै २६, १०, १५, ५०, २०, ६, ४१ बर्षिय महिला, सुन्दरबजार नगरपालिका वडा नं. ६ का २१ बर्षिय पुरुष, सुन्दरबजार नगरपालिका वडा नं. १० का १९ पुरुषमा कोरोना कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जानकारी दिएको छ ।

लमजुङमा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय ३७ जना पुगेका छन् । उपचारपछि घर फर्किएको संख्या १ सय ७२ जना पुगेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: