लमजुङमा अस्पताल भर्ना भएका चार विरामीसहित १७ जनामा संक्रमण

लमजुङ सदरमुकाम बेंसीसहरस्थित जिल्ला सामुदायिक अस्पतालमा भर्ना भएका चार जना विरामीसहित १७ जनामा कोरना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा १० महिनाको बालिकासमेत छिन् ।

सामुदायिक अस्पतालमा उपचाररत सर्जिकलका विरामीमा कोरना संक्रमण भएको हो । तीन दिनअघि १४ दिनको शिशुमा समेत कोरना संक्रमण भएको थियो । सोही अस्पतालमा कोरना विरामी राख्ने आइशोलेसन समेत रहेको छ ।

आइशोलेसन भएको अस्पतालमा अन्य विरामीको समेत उपचार गराउँदा संक्रमण फैलिएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा शनिबार लमजुङका ९ जना पुरुष र ८ जना महिला गरी १७ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार संक्रमित हुनेमा जिल्ला सामुदायिक अस्पताल लमजुङमा भर्ना भएका ३८ र ६२ बर्षिय पुरुष, २८ र ४५ बर्षिय महिला रहेका छन् ।

यस्तै बेसीशहर नगरपालिका वडा नं. ९ का ४१ र ३४ बर्षिय पुरुष, बेसीशहर नगरपालिका वडा नं. ७ का ३०, ७५, ३७ बर्षिय पुरुष र १०, ३२, ६५, २३ बर्षिय महिला, बेसीशहर नगरापालिका वडा नं. ८ का २९, ४८ बर्षिय पुरुष र ४५, ३० बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लमजुङमा हालसम्म कोरोना संक्रमितको संख्या २६० जना पुगेका छन्, भने उपचारपछि घर फर्किएको संख्या १२० जना पुगेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: