लमजुङका १६ संक्रमितमध्ये ३ जनाले जिते कोरना

लमजुङ । लमजुङमा कोरोना भाइरस (कोभिड १९) संक्रमण निको भएर ३ जना घर फर्किएका छन् ।

बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा उपचार गराएका ३ जना संक्रमित निको भएर घर फर्किएका हुन् । उनीहरु अस्पताल भर्ना भएको ५ दिनमा निको भए ।

कोरोनालाई जितेर घर फर्कनेमा मध्यनेपाल नगरपालिका ४ घर भएका ४२ बर्षीय विनोद आलेमगर र वडा नं. ६ घर भएका २० बर्षीय रोहित सुनार साथै बेसीसहर नगरपालिका ३ कि २१ बर्षीय हरिमाया बिक रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

कोरोना जितेका तिनैजनालाई शुक्रबार साँझ बधाईका साथ फूलको गुच्छा दिएर, खदा लगाएर, कोरोना निको भएको प्रमाणपत्र हस्तान्तरण गरि बिदाई गरिएको छ । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले फूलको गुच्छा दिएका थिए । लमजुङ जिल्ला सामुदायिक अस्पतालका डाक्टर शरण लिम्बुले कोरोना निको भएको प्रमाणपत्र हस्तान्तरण गरे ।

कोरोना जितेकालाई प्रमुख जिल्ला अधिकारी शर्मा, प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापा, सशस्त्र प्रहरी नायव उपरीक्षक रमेशकुमार गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाही, काजीमान सुनार, स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडी, लमजुङ जिल्ला सामुदायिक अस्पताल प्रमुख हेमन्त श्रेष्ठ, डाक्टर शरण लिम्बू, जिल्ला आयुर्बेद कार्यलयका निमित्त प्रमुख शम्भूप्रसाद चापागाइँलगायतले बिदाई गरे ।

पीसीआर प्रबिधिबाट कोरोना संक्रमण भएको पुष्टि भएपछि तिनैजनालाई सोमबार क्वारेन्टाइनबाट लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा ल्याइएको थियो । आइसोलेसनमा राखिएकोमा पुन कोरोना परीक्षणको लागि थ्रोट स्वाब लिएर पोखरा पठाइएको थियो । शुक्रबार थ्रोट स्वाबको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

लमजुङमा कूल संक्रमित १६ जना मध्ये ३ जना निको भएका हुन् । बाँकी १३ जना आइसोलेसनमै रहेका छन् ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner