लकडाउनको मोडालिटीमा निर्णय लिन आज मन्त्रिपरिषद् बैठक

सरकारले गठन गरेको कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आज लकडाउनको मोडालिटीलाई अन्तिमरुप दिने भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)सँग समन्वय गरेर आज लकडाउनको मोडालिटीलाई टुंगो लगाउने एक मन्त्रीले जानकारी दिए ।

मोडालिटीको प्रस्ताव प्राप्त भएमा बेलुकीसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउन सक्ने स्रोतको भनाइ छ ।

मन्त्रिपरिषद्ले लकडाउनको मोडालिटी तयार गर्ने जिम्मेवारी दिए पनि उच्चस्तरीय समिति र सिसिएमसीसँग कुरा मिलेको छैन ।

कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकाले भारतबाट आएका व्यक्तिको परीक्षण नभएसम्मका लागि कम्तिमा २ हप्तालाई लकडाउन अहिलेकै अवस्थामा राख्न जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।

सिसिएमसीले पनि त्यसै अनुसारको प्रस्ताव गरेको छ । तर, पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले भने आजैदेखि लकडाउनलाई खुकुलो पार्नेगरी प्रस्ताव तयार गरेको थियो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner