राष्ट्रिय युवा संघ लमजुङद्धारा कोरना संक्रमितलाई फलफूल सहयोग

राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी लमजुङले कोरना संक्रमितहरुलाई फलफुल वितरण गरेको छ ।

मंगलबार विहान बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा रहेका कोरोना संक्रमित विरामीलाई फलफूल वितरण गरिएको हो ।

जनयुद्धका महान शहीदहरु क्. सुरेश वाग्ले (बासु) भिमसेन पोख्रेल (बैरागी), हरिकला पौडेल (भूमिका), धनकौरी तामाङ (प्रगति) को स्मृति दिवसको सन्दर्भमा कोरना संक्रमित विरामीहरुलाई फलफूल वितरण गरेको हो ।

कमिटीले कोभिडका विरामीलाई २० किलो स्याउ, २० किलो, २० दर्जन केरा, १०० पिस फ्रुटी दिएको हो । उक्त फलफूल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका मुख्य सचेतक देवप्रसाद गुरुङले अस्पतालका प्रमुख हेमन्त श्रेष्ठलाई हस्तान्तरण गरे ।

फलफूल वितरण गर्दै मुख्य सचेतक गुरुङले कोभिडको विरामीका लागि राम्रो व्यवस्थापन गर्न आग्रह गरे । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले कोभिडका विरामीका लागि भनेर फलफूल सहयोग गरेकोमा राष्ट्रिय युवा क्लब लमजुङलाई धन्यावाद दिए ।

फलफूल हस्तान्तरण कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष मधुमाया अधिकारी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापा, नेकपा जिल्ला कार्यालय सदस्य सुभाष पौडेल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सुनिल सुनार अटल, अनेरास्ववियु केन्द्रिय सदस्य जुन तामाङ, नेकपा जिल्ला कमिटी सदस्य विवस बुढाथोकी, हरिजङ तामाङ, दूधप्रसाद घलेलगायतको उपस्थिति थियो ।

कार्यक्रमको संचालन राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य हिरालाल विश्वकर्माले गरेका थिए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: