रायो सागको महत्व र खेती गर्ने तरिका

रायो साग नेपालमा अरु साग भन्दा धेरै खेती गरिने साग हो।येस्लाइ तराइ देखि हिमाल सम्म सफलतापुर्बक खेती गरिदै आइयेको छ।यस्मा हाम्रो शरीर लाई आवस्यक पर्ने भिटामिन A,B,C र E  प्रसस्त मात्रा मा पाइन्छ त्यस्तै यो साग आइरन,क्याल्सियम र प्रोटिन ले पनि भरी पुर्ण हुन्छ।

हावापानी र माटो :
रायो साग तराइ देखि मध्य पहाड सम्म हिउदे बाली को रुपमा खेती गरिछ भने उच्च पहाड मा भने समर सिजन मा गरिन्छ।येस्ले धेरै तुसारो र हिमपात सहन सक्दछ।यदि तापक्रम धेरै कम भयो भने साग मा तितोपन आउदछ त्यसैगरि धेरै तापक्रम भयो भने पनि पात को गुणस्तर मा कमि आउदछ।येस्को खेती लगभग सबै माटो मा गर्न सकिन्छ तर अत्याधिक जैबिक पदार्थ भयेको र पि एच ५.५ देखि ६.५ सम्म भयेको दोमट माटो नै उपयुक्त मानिन्छ।

जातहरु :
नेपालमा रायो साग का धेरै स्थानीय जात हरु खेती गरिदै आये पनि सुधारियेका जात हरु जस्तै गुजमुच्छे रायो,दुधे रायो,टङ्खुवा रायो आदि निकै प्रचलित छन।

१. खुमल चौडा पात
यो जात हल्का ठाडो हुन्छ।पातहरु धेरै हरिया,मुलायम र चहकिला हुन्छन।पातहरु ४०-५० cm लामा र ३०-४५ cm चाक्ला हुन्छन।

२. मार्फा चौडा पात
यो जात हल्का ठाडो हुन्छ।पातहरु कम हरिया,पातमा कम नसा भयेका,लामा र चाक्ला हुन्छन। पातहरु ४०-४५ cm लामा र २०-३० cm चाक्ला हुन्छन।

३. खुमल रातो पात
यो जात ठाडो र मध्यम ठाडो दुबै प्रकारको हुन्छ।पात हरु हेर्दा राता राता देखिन्छन। पातमा नसा हुदैन।येस्को टिपाइ गर्न अल्लि बढी समय पर्खनु पर्दछ।पातहरु २५-३० cm लामा र १५-२० cm चाक्ला हुन्छन।

बिउदर :

येस्को खेती गर्दा एक हेक्टरमा ६०० ग्राम बीउ आवस्यक पर्दछ।

दुरि :
येक लाइन देखि अर्को लाइन सम्मको दुरि ३० cm र येक बोट देखि अर्को बोट सम्मको दुरि १०-१५ cm कायम गर्नु पर्दछ।

लागाउने तरिका :
येस्को खेती गर्दा बिरुवाहरु नर्सरी मा उमारी मुख्य खेत मा लगेर सारिन्छ।

नर्सरी ब्याड को तयारी :
नर्सरी तयार गर्दा सुरुमा जमिनलाइ २-३ चोटि राम्रो सग जोत्नु पर्दछ।माटो मा पानी जम्ने बनाउनु हुदैन।जमिनको तयारी गर्दा गोठे मल वा कम्पोस्ट र रासायनिक मल पनि हाल्नुपर्दछ। नपाकेको काचो मल हाल्ना ले रोग किरा को समस्या हुने भयेको ले राम्रो सग पाकेको मल प्रयोग गर्नु पर्दछ।ब्याड तयार गर्दा येउटा ब्याड मा येउटा वा दुई ओटा लाइन मात्र हुनु आवस्यक छ।येउटा लाइन देखि अर्को लाइन सम्मको दुरि ५- १०cm कायम गर्नु पर्दछ।बिरुवा उम्रेर २-३ पाते भये पछि मुख्य खेत मा लगेर सार्नु पर्दछ।

जमिनको तयारी :
जमिन तयारी गर्दा २-३ चोटि राम्रो सग जोत्नुपर्दछ।यदि जाडो समयमा खेती गरिदै छ भने जमिन बराबरको ब्याड बनाये हुन्छ तर वर्षा याम मा खेती गर्ने हो भने ब्याड लाई जमिनको सतहदेखी करिब १५ cm उचाइ गराउनु पर्दछ।

रोप्ने र टिप्ने समय :
उच्च पहाड (५०००-७००० फिट) मा फाल्गुन देखि बैशाख मा लगाउने र जेठ देखि भदौ सम्म टिप्न सकिन्छ।

मध्य पहाड (३०००-५०००)मा भदौ देखि मङ्सिर मा लगाउने र कार्तिक देखि फाल्गुन सम्म टिप्न सकिन्छ।

पहाडको तल्लो भाग(१०००-३०००फिट) मा असोज देखि पुस मा लगाउने र कार्तिक देखि फाल्गुन मा टिप्न सकिन्छ।

तराइ मा (१०००फिट) भन्दा मुनि मा असोज देखि पुस मा लगाउने र कार्तिक देखि फाल्गुन मा टिप्न सकिन्छ।

मलखाद ब्यबस्थापन :
येस्को खेती गर्दा गोठे मल प्रती हेक्टर २० मेट्रीक टन आवस्यक पर्दछ। त्यस्तै १००:४०:४०kg NPK/ हेक्टर आवस्यक पर्दछ।कम्पोस्ट ,फस्फोरस,पोटास को पूरा भाग र नाइटोजन को ४० केजि जमिनको तयारी गर्ने बेला मा प्रयोग गर्नु पर्दछ। बाकि रहेको नाइट्रोजन लाई पुन ३ भागमा बिभाजन गरि २० केजि रोपेको २५-३० दिन भित्र,२० केजि ४५-५० दिन भित्र र २० केजि रोपेको ७०-८० दिन भित्र प्रयोग गर्नु पर्दछ।

गोडमेल र सिचाइ :
बिरुवा सारेर नसरे सम्म लगातार हल्का सिचाइ गर्नु पर्दछ। हप्ता हप्ता मा सिचाइ दिनु पर्दछ।समय समयमा झारपात हटाउनु पर्दछ।

टिपाइ :
बिरुवा सारेको २५-३० दिन मा पात हरु टिप्न को लागि तयारी हुन्छन। पात कलिलो अवस्था मै टिप्नु पर्दछ यदि नटिपेमा उत्पादन मा कमि आउदछ। पात टिप्दा बोट लाई असर नपर्ने गरि चक्कु ले काट्नु पर्दछ। रायो साग प्रती हेक्टर ३०-४० टन उत्पादन हुने गर्दछ।

लेखक : अभिषेक शर्मा पौडेल

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: