राम जन्मभूमि माडी नै भएकाले सीतारामको भव्य मन्दिर बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको दाबी गर्दैै अयोध्याधामको गुरुयोजना बनाउन माडीका जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीको बोलावटमा बालुवाटार आएका चितवन माडी नगरपालिकाका जनप्रतिनिधिहरुसँग उहाँले भगवान रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको ठोकुवा नै गर्नुभएको थियो ।

जनप्रतिनिधिहरुलाई रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएकोमा लामो ब्याख्या सुनाउँदै ओलीले भन्नुभयो, ‘रामको जन्भभूमि अयोध्यापुरी नै हो । त्यहाँ रामको भब्य मन्दिर बनाउनुस् । त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउनुस् ।’

विसं २०७८ सालको दशैंमा मूर्ति अनावरण गर्ने गरी राम र सीताको मन्दिर बनाउन निर्देशन दिँदै प्रधानमन्त्री ओलीले त्यहाँ उत्खनन् गर्ने भन्दा शास्त्रीय मान्यतालाई नै आधार मानेर मन्दिर बनाउनुपर्ने बताएको माडीका मेयर ठाकुरप्रसाद ढकालले सञ्चारमाध्यमलाई बताए ।

प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नामै परिवर्तन गरेर अयोध्यापुरी राख्न पनि सुझाउनु भएको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: