यी हुन् नेकपा स्थायी कमिटीमा प्रधानमन्त्रीको राजीनामा माग्ने १२ नेता

नेकपाको मंगलबार बसेको स्थायी कमिटी बैठकमा १८ जना नेताहरू बोलेका थिए। ती १८ मध्ये १२ जनाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेका छन्।

अन्य ५ जनाले सरकारको आलोचना गरेका छन्। तर, उनीहरूले राजीनामा भने मागेनन्। 

राजीनामा माग्नेमध्ये अध्यक्ष पुष्पकमल दाहाल पहिलो हुन्। त्यसपछि झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतमले प्रधानमन्त्रीको राजीनामा मागेका थिए।

यस्तै, बेदुराम भूसाल, सुरेन्द्र पाण्डे, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, जनार्दन शर्मा, रघुजी पन्त र पम्फा भूसालले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए। 

अरू पाँच जना नेताले बोले पनि सरकारको आलोचना गरे। उनीहरूले प्रधानमन्त्रीको राजीनामा भने मागेनन्।  

बैठकमा गणेश साह, मुकुन्द न्यौपाने, गोकर्ण विष्ट, भीम आचार्य र नारायणकाजी श्रेष्ठले बोले पनि सरकारको आलोचना मात्र गरे।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner