मोदीको सुझाव : योगा कोरोनाभाइरस विरुद्ध रक्षा कवच हो

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योगालाई कोरोनाभाइरसविरुद्ध रक्षा कवचको रुपमा व्याख्या गरेका छन् ।

योगाले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्ने उनको दावी छ । भारतमा हालसम्म ३ लाख ८० हजार भन्दा धेरै मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । १२ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । महामारी र योग दिवसको सन्दर्भ जोडेर प्रधानमन्त्री मोदीले योगाको महत्वबारे वर्णन गरेका हुन् ।

मोदी स्वयं पनि प्राचिन भारतीय योग अभ्यासका एक नियमित साधक हुन् । यही जुन २१, आइतबार अन्तर्राष्ट्रिय योगा दिवसको सन्दर्भमा युट्युब मार्फत भिडिओ सन्देश दिने क्रममा उनले योगाको महत्वलाई कोरोनाभाइरसविरुद्ध हुने सुझाव दिएका हुन् ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner