मानस राजको ‘उठ्न देउ…’ (भिडियोसहित)

काठमाडौँ । गायकमानस राजले यसअघि चर्चा कमाएकाभन्दा फरक धारको ‘उठ्न देउ…’बोलको गीत सार्वजनिक गरेका छन् । उनले मंगलबार युट्युबमार्फत उक्तगीत सार्वजनिक गरेकाहुन् ।गीतमा संगीत र स्वर गायकमानस राजकै छ । गीतकाशब्दभने मनिष वशिष्ठका रहेका छन् । मानस राजको निक्कै मिठो स्वरमाउत्कृष्ठ शब्दले गीत कर्णप्रियबनेको छभन्दा फरक नपर्ला ।

गीतको अर्को पाटो म्यूजिक भिडियो निक्कै सशक्त बनेको छ । गायक मानस राजले भनेको ‘फरक काम’को प्रयास भिडियोमा देखिन्छ । म्यूजिक भिडियोमामुख्यभूमिकाको रुपमा सञ्जुबाबा देखिएका छन् । उनको अभिनय विशेष छ । संगीता थापा, बालकलाकार क्रिभिषेश खड्का लगायतको अभिनय पनि यो गीतमा देख्न सकिन्छ । कथाको कन्सेप्ट र निर्देशन गायक स्वयम्ले गरेका छन् । भिडियोलाई रिक्की कर्माचार्यले खिच्ने र सम्पादन गर्ने जिम्मेवारी लिएका छन् ।

सञ्जु बाबाले गीतका शब्दअनुसारको भूमिका निर्वाह गर्न सकेका छन् । पेशागत समस्याले सिर्जना गरेको व्यवहारिक कठिनाइ र त्यसपछि तहसनहस बनेको जीवन कसरी फेरि उठाउन सकिन्छ भन्ने कुरा भिडियोमा देखाइएको छ । व्यवहारिक समस्यापछि व्यक्ति कुलतमा फस्न सक्छ र उसको चेत खुलेपछि पुनः सामान्य जीवनमा आउनसक्छ भन्ने सन्देश यो भिडियोले दिएको छ । म्यूजिक भिडियोले गीतका शब्द, सञ्जुबाबा र उनको अभिनयलाई जीवन्तता दिएको छ । यो भिडियोको क्यारेक्टर रियल भएको गायक मानस राज बताउँछन् ।

गयक मानस राज भन्छन्, ‘आज भन्दा करिब १५ महिना अगाडि सामाजिक संजालमा सञ्जुबाबा ह्युमेनिटीलाई देखेपछि यो गीतको भिडियो बनाउन मन उत्साहित भएर आएको थियो । उता सञ्जु बाबा सुध्रिदै थिए, यता म भने एक वास्तविक चरित्रको माध्यमबाट एउटा सन्देशमूलक भिडियो बनाउन बेचैन हुँदैथिए ।’ जति बेला सञ्जुबाबालाई देखे त्यतिबेलै भिडियो बनाउने उनको सपनाकारणवस सम्भवभएन । अहिले भिडियो बनाउने बेला सोचेको र खोजेको क्यारेक्टर उपलब्ध थिएन । सञ्जुबाबा मनमा गढेका थिए, त्यसैले उनैलाई खोजे । मानस राज भन्छन्, ‘नेपाल चित्रका किरण पौडेल सरमार्फत सञ्जुबाबाको सम्पर्कमा पुगेर प्रस्ताब राखेँ । उहाँ पनि सहमत हुनु भयो ।’ यही भिडियो मार्फत एउटा सशक्त अभिनेताको रूपमा सञ्जुबाबा धेरै अगाडि बढ्न सक्ने आशा एवम् विश्वास राखेको पनि उनी बताउँछन् । अनि उनले एक स्टाटसमा ‘मेरो एउटै विश्वास छ सहि कामको सुरूवात जुनसुकै बेला पनि हुन सक्छ’ भनेजस्तो उनको फरक धारको गीत र म्यूजिक भिडियो बनाउने काम सञ्जुबाबाबाटै सुरु भयो ।

यसअघि मानसराजका अलि मनोरञ्जनपूर्ण गीतले नै धेरै चर्चा पाएका थिए । ‘भाइरल भइदियो…’ बोलको गीतले त उनलाई सुपरहिट नै बनाइदियो । त्यसले उनलाई भाइरल गायकको रुपमा परिचय दिएको थियो । अहिले आएर एउटा सन्देशमूलक र आशाजगाउने गीत कसरी तयार भयो भन्ने प्रश्नमा गायक मानस राज भन्छन्, ‘लगभग साढे दुई वर्ष अगाडि कुरै कुरामा मनिष वशिष्ठदाजुसँग एउटा गीत गरौं त भन्ने प्रसंग उप्किएको थियो र दाजुले केही रचनाहरू जिम्मा लगाउनु भएको थियो ।’ ती रचनाहरु मध्येबाट उत्कृष्ट रचना छानेर उनले आफ्नो ज्ञान र क्षमताले भ्याएसम्म कम्पोज गरेर एरेन्जमेन्ट पनि गराए । भाईरल भैदियो कै टिमसँग भिडियो बनाउने तयारी पनि सुरू भइसकेको थियो । तर एरेन्जमेन्टको फाईल नदिईकन एरेन्जर बेपत्ता भइदिए । जसले गर्दा त्यतिबेलै भिडियो बनाउने तयारी त्यतिकै तुहियो ।

उनको निरन्तर प्रयास र लगनबाट तयार भयो ‘उठ्न देउ….’ । फरक गीत गरेको बताउने गायकमानस राज भन्छन्, ‘यो गीतअबदर्शक र स्रोताकालागिउनले सुम्पिएको छु, मन पराउने वानपराउने हजुरहरुकै जिम्मा…।’

यो निक्कै मर्मस्पर्शी भिडियो हेर्नुहोस्ः

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: