मर्स्याङ्दी गाउँपालिका बाहिर जान र आउन वडाको सहमति लिनुपर्ने

लमजुङ । कोरना संक्रमण फैलन नदिन मर्स्याङ्दी गाउँपालिकाले पालिका भित्र आउने र बाहिर जान सम्बन्धित वडाको सहमति लिनुपर्ने नियम बनाएको छ ।

मंगलबार पालिकाको कोरना संक्रमणको अबस्थामा आकस्मिक निर्णय गर्न गठित समितिको बैठकले पालिका बाहिर जान र आउनको लागि सम्बन्धित वडाको अध्यक्षसँग सहमति लिनुपर्ने निर्णय गरेको हो ।

बैठकले सदरमुकाम बेंसीसहर र अन्यन्त्रबाट आउने सबारीसाधन तथा ब्यक्तिहरुलाई कडाईका साथ चेकजाँच गर्ने निर्णय गरेको छ । पालिकाभित्रका पसलहरु विहान ६ बजेदेखी १० बजेसम्म र दिउसो ४ बजेदेखि साँझ ७ बजेसम्म खुला गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

कोरना संक्रमितलाई समाजबाट कुनैपनि प्रकारको अपहेलना तथा तिरस्कार हुन नदिई मानविय ब्यवहार गर्न र सामान्यिकरण गराउन समुदायस्तरमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय पालिकाले गरेको छ । सचेतनामुलक कार्यक्रम सञ्चालनमा संघसंस्थाहरुको क्रियाशिलता बढाउने बैठकले निर्णय गरेको छ ।

भिडभाड हुने स्थान, कार्यालय, ब्यवसायिक स्थान, सार्वजनिक स्थानमा हिंडडुल गर्दा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, ती स्थानमा स्यानिटाइजरको अनिवार्य ब्यवस्था गर्नुपर्ने नियम बनाइएको छ । यदी जो कोहीले स्वास्थ्य मापदण्डका नियम उलङ्घन गरेमा नियमअनुसार आवश्यक कारबाही गरिने गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए ।

पालिका भित्र भिडभाड हुने कार्यक्रम, सभा, भेला सम्मेलन जस्ता कार्यहरु गर्न बन्देज लगाइएको छ । यदि कुनै आवश्यक कार्यक्रम गर्नुपरेमा सम्बन्धित वडाको सहमति लिनुपर्नेछ । समुदायस्तरमा बाहिरी ब्यक्तिहरु समावेश नगरी स्वास्थ्य सुरक्षा अपनाए नियमित खेतीपातीका कार्यहरु र निर्माणका कार्यहरु गर्न सकिने निर्णयमा उल्लेख छ ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष होमबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, नेकपा मस्र्याङ्दी गाउँकमिटिका अध्यक्ष धनसिं तामाङ, नेपाली काँग्रेसका गाउँ कार्यसमिति सभापति कृष्णबहादुर गुरुङ, वडाअध्यक्षहरु, सुरक्षा निकायका प्रमुख, उवासंघ खुदी इकाईका अध्यक्ष, सञ्चारकर्मी, स्वास्थ्य शाखाका प्रमुख, सरोकारवाला निकायका प्रतिनिधीहरुको उपस्थिति थियो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: