मर्स्याङ्दी गाउँपालिकाले बाँड्यो किसानलाई हाते ट्याक्टर

लमजुङको मर्स्याङ्दी गाउँपालिकाका किसानलाई खेत जोत्नका लागि आधुनिक प्रविधिको मिनी पावर टिलर वितरण गरिएको छ ।

पचास प्रतिशत अनुदानमा कृषि शाखा खुदीले पावर टिलर वितरण गरेको हो । चालु आर्थिक वर्षमा २९ वटा पावर टिलर वितरण गरिने कृषि शाखा खुदीकी प्रमुख शर्मिला ढकालले जानकारी दिईन् । सोमबार ९ वटा वितरण गरिएको र बाँकी छिट्टै वितरण गरिने उनले बताइन् ।

किसानलाई वितरण गरिएका पावर टिलरमा ९ वटा इन्डियन र २० वटा चाइनिज मोडलका छन् । इन्डियनमा बर्खे र हिउँदे चक्का छन भने चाइनिजमा हिउँदे चक्का मात्र छ ।

करिब १२ लाख रुपियाँका ५.५ र ७ हर्सपवारको हाते ट्याक्टर वितरण गरिएको ढकालले बताइन् ।

कृषिलाई आधुनिकरणतर्फ लैजान पावर टिलर वितरण गरिएको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

‘किसानको माग बमोजिम पावरटिलर वितरण गरेका छौँ’, अध्यक्ष गुरुङले भने, ‘माग बमोजिम आगामी वर्षहरुमा पनि वितरण गर्दै जान्छौँ ।’

पहाडी जिल्ला लमजुङमा पछिल्लो समय खेत जोत्न हाते ट्रयाक्टरको प्रयोग बढ्न थालेको छ । गोरु पाल्ने झन्झटले कृषकहरु आधुनिक मिनी पावर टिलरतर्फ आकर्षित भएका छन् ।

गोरु र खेतला भनेको बेला नपाइने र हाते ट्याक्टरले समय, श्रम र खर्च बचाउने किसानहरुको भनाई छ ।

ट्रयाक्टरले खेत जोत्दा झार काट्ने र डल्ला पनि माडिने हुँदा खेती लगाउन सजिलो हुन्छ ।

पावर टिलर वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङसहित उपाध्यक्ष होमबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, ईन्जिनियर सुरेश गौतमलगायतको उपस्थिति थियो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner