मर्स्याङ्दी गाउँपालिकाभित्र टोल टोलमा सिकाई केन्द्र मार्फत पठनपाठन सुरु

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले टोल टोलमा सामुदायिक सिकाई केन्द्र स्थापना गरि पठनपाठन सुरु गरेको छ ।

कोभिड–१९ संक्रमण रोक्न जारी लगडाउनका कारण विद्यालय बन्द भएपछि बालबालिकालाई सिकाई केन्द्र मार्फत पठनपाठन सुरु गरिएको हो । गाउँमा रहेका सामुदायिक भवनहरुमा सतर्कता अपनाउँदै पठनपाठन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

‘बढ्दो कोरना संक्रमण र लगडाउनका कारण बालबालिकाहरु तनावमा छन् । उनीहरुलाई तनावमुक्त गराउन विभिन्न सचेतनामुलक जानकारी गराउँदै पठनपाठनपनि सुरु गरेका छौं’, अध्यक्ष गुरुङले भने ।

बालबालिकालाई पढाउन स्वयमसेवक शिक्षकहरु पनि खटाइएको छ । शिक्षकहरुको साथमा विद्यालयका उपजहरुलाई स्वयमसेवक शिक्षकका रुपमा खटाइएको अमर माध्यामिक विद्यालयका प्रधानाध्यापक तीर्थ बस्नेतले बताए ।

गाउँपालिकाको शिक्षा समितिले प्रधानाध्यापकहरुको बैठक गरी सबै विद्यार्थीमाझ एकसाता भित्र पाठ्यपुस्तक पु¥र्याउने निर्णय गरेको छ । विद्यार्थीहरुले किताव लैजान सुरु गरेको स्टेश्नरी ब्यवसायी महासंघ लमजुङका अध्यक्ष ताराराज घलेले बताए ।

हिमचुली आवसीय माविका प्रधानाध्यापक रामचन्द्र भण्डारीले अनलाइन माध्यम र टोलटोलमा सिकाई केन्द्र स्थापना गरेर पठनपाठन सुरु गरेको बताए । सिकाई केन्द्रहरुमा बालबालिकाको आकर्षण बढीरहेको उनले बताए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: