मर्स्याङ्दीमा युवालाई स्वरोजगार बनाउन सहुलियत कर्जा

मर्स्याङदी गाउँपालिकाले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउन निब्र्याजी ऋण दिन गरेको छ । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले स्वरोजगार बन्न चाहने युवालाई व्यवसाय सञ्चालन गर्न ब्याज सहुलियतको कर्जा दिन सुरु गरिएको बताए ।

युवालाई आत्मनिर्भर बनाइ विदेश पलायन हुनबाट रोक्न गाउँसभाबाट अनुमोदन गरी बिना ब्याज ऋण प्रबाह गरिएको उनले बताए । ‘गाउँसभाबाट युवा उद्यमशिलता विकास कोष कार्यक्रम पास गरियो’, गुरुङले भने, ‘त्यससम्बन्धी नियमावली र कार्यविधिसमेत बनाएर कर्जा प्रबाह सुरु गरिएको छ ।’

यूवाहरुलाई स्थानीय तहमा लगानीमैत्री वातावरण सृजना गरी बेरोजगारी न्यूनिकरण गर्ने, जीवन निर्वाहका लागी विदेशिने अवस्थाको अन्त्य गर्ने र स्थानीय उत्पादनलाई जोड दिन सहुलियत कर्जा कार्यक्रम ल्याइएको अध्यक्ष गुरुङले बताए ।

कार्यक्रमका लागि यसवर्ष पचास लाख रुपियाँको युवा उद्यमशिलता विकास कोष स्थापना गरेको छ । अर्को वर्ष कोष बृद्धि गर्दै जाने गाउँपालिकाले जनाएको छ ।

चालु वर्षमा कृषि तथा कुखुरा पालनका लागि रु. २८ लाख ५० हजार, भैसी तथा बाख्रा पालनका लागि रु. ७ लाख ५० हजार र स्थानीय प्रकृतीका घरेलु उद्दोगमा रु ४ लाख रुपियाँ सरल कर्जा वितरण गरिने उपाध्यक्ष होमबहादुर विकले बताए ।

व्यवसाय दर्ता गरेर व्यापार, व्यवसाय सुरु गरी वडा कार्यालयको सिफारिस पेस गरेपछि ऋण दिने व्यवस्था छ । यो रकम व्यवसाय हेरेर एक वर्षदेखी तीन वर्षभित्र चुक्ता गरिसक्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत् खेमराज देवकोटाले बताए ।

ऋण लिने युवालाई तीन किस्तामा रकम भुक्तानी गर्नुपर्ने कार्यविधि बनाइएको छ । पहिलो किस्तामा २० प्रतिशत, दोस्रो किस्तामा ३० प्रतिशत र अन्तिम किस्तामा ५० प्रतिशत रकम कोषको खाता रहेको बैंकमा जम्मा गर्नुपर्नेछ । तोकिएको मितिमा किस्ता रकम जम्मा नगरेमा १२ प्रतिशतका दरले हर्जना लिइने कोषका कार्यक्रम अधिकृत विष्णुप्रसाद दाहालले बताए ।

व्यवसाय सञ्चालनका लागि पालिका भित्रका ७१ युवाले आवेदन दिएकोमा चालु वर्षमा १८ युवा उद्यमी फार्मलाई छनौट गरिएको दाहालले बताए । आफ्नै लगानीमा ब्यवसाय सञ्चालन गरिसकेकाहरुलाई थप मजबुत बनाउन ऋण सहयोग दिइने उनले बताए ।

स्थायी ठेगाना गाउँपालिका बाहिर भएका र गाउँपालिका भित्र स्थायी ठेगाना भएरपनि अन्य पालिकामा ब्यवसाय गरेकालाई भने सहुलियतपूर्ण ऋण नदिइने कार्यविधिमा उल्लेख छ ।

युवा उद्यमशिलता कोषको पूर्णसदुपयोग हुन सके बेरोजगार न्यूनीकरण, आयात न्यूनीकरण, निर्यात प्रवद्र्धन हुने अध्यक्ष गुरुङले जानकारी दिए । यस कार्यक्रमले गाउँपालिका भित्र कृषि पशु, स्थानीय हस्तकला उत्पादन, पर्यटनलगायतका क्षेत्रमा टेवा पुग्ने उनले बताए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner