मर्स्याङदी गाउँपालिकाको आगामी बजेट सार्वजनिक

लमजुङ । मर्स्याङदी गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को लागि बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका उपाध्यक्ष होम बहादुर विकले प्रस्तुत गरको बजेट गाउँसभाले वृहत छलफलपछि सर्वसम्मत पारित गरिएको छ । बजेटमा आय तर्फ ५४ करोड ८८ लाख २ हजार ८ र व्यय तर्फ चालु खर्च तर्फबाट ९ करोड ७ लाख ८४ हजार ८ सय उल्लेख गरिएको छ ।

जसमा आय तर्फ संघिय सरकारको वित्तीय समानीकरण अनुदान रु ८ करोड ५६ लाख, गण्डकी प्रदेश सरकारको वित्तिय समानीयकरण अनुदान रु १ करोड २१ लाख ९२ हजार, संघिय सरकारको राजश्व वाँडफाँडबाट ८ करोड ३५ लाख ९८ हजार ७ सय २३, प्रदेश सरकारको राजश्व वाँडफाँडबाट ३८ लाख ९७ हजार, आन्तरिक राजस्व तर्फ ७३ लाख ६३ हजार १ सय १७ रहेको छ ।

अघिल्लो आ.व. २०७६०७७ को अनुमानित नगद मौैज्दात रु २ करोड, संघिय सरकार सशर्त अनुदान तर्फ रु २१ करोड १४ लाख, संघिय सरकार तर्फ बिशेष अनुदानबाट रु २ करोड,समपुरक कोष ३६ लाख, प्रदेश सरकार बिशेष अनुदान वपात रु ५० लाख, समपुरक कोष ५० लाख, जलविद्युत रोयल्टी वापत रु १ करोड ७५ लाख ९ सय ६४ मात्र, पर्वतारोहण वापत प्राप्त रोयल्टी रु ३ लाख ३६ हजार २ सय ४६ मात्र, वन पैदावर रोयल्टी रु ५१ हजार ७ सय ५० मात्र, सामाजिक सुरक्षा तर्फ रु ७ करोड २३ लाख १७ हजार मात्र, गरिवसंग विशेश्वर कार्यक्रम तर्फ रु ४ लाख ९५ हजार र एल.जि.सि.डि.पि.तर्फ रु ४ लाख मात्र गरी कुल जम्मा आय ५४ करोड ८८ लाख २ हजार ८ र व्यय तर्फ चालु खर्च तर्फबाट ९ करोड ७ लाख ८४ हजार ८ सय रहेको उपाध्यक्ष विकले बताए ।

त्यसैगरी पुँजीगत खर्चतर्फ १६करोड ३४ लाख ६ हजार मात्र विनियोजन गरिएको छ । जसमा शसर्त अनुदान तर्फ २१ करोड १४ लाख, सामाजिक सुरक्षा तर्फ ७ करोड २३ लाख १७ हजार, गरिबसँग विश्वेश्वर कार्यक्रम तर्फ रु ४ लाख ९५ हजार विनियोजन भएको छ । त्यसैगरी प्रदेश र स्थानीय तह क्षमता विकास कार्यक्रम तर्फ रु ४ लाख गाउँपालिका समपुरक कोष तर्फ रु १ करोड गरि जम्मा कुल खर्च रु ५४ करोड ८८ लाख २ हजार ८ सय विनियोजन भएको छ ।

बजेट प्रस्तुतकर्ता उपाध्यक्ष विकले आर्थिक वर्षका योजनाका मुख्य प्राथामिकताहरु सडक पुर्वाधार, खानेपानी, कृषि, सिंचाई, शिक्षा, स्वास्थ्य, उद्यम विकास, सामाजिक, आर्थिक रुपान्तरण र शसक्तिकरण लगायत रहेका बताए ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले यो बजेटको प्रभावकारी कार्यन्वयनले आउने आर्थिक वर्ष गाउँपालिकाको आर्थिक, सामाजिक र पुर्वाधार बिकासमा महत्वपुर्ण परिवर्तन गर्ने अपेक्षा गरिएको बताए । प्रभावकारी कार्यन्वयनको निम्ति जनप्रतिनिधि तथा कर्मचारीहरुको थप रचनात्मक कृयाशिलता, राजनितिक दल एवम सामाजिक अभियन्ताहरुको समन्वय र सहयोगको निरन्तरताको गुङले अपेक्षा गरेका छन् ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner