मर्स्याङदीको विपद् कोषमा सिभिल बैंकका सिइयो गुरुङको ५० हजार

लमजुङ । सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइयो) गोविन्द गुरुङले कोभिड –१९ रोकथाम तथा नियन्त्रणका लागि मर्स्याङदी गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ५० हजार रुपियाँ सहयोग गरेका छन् ।

मर्स्याङदी गाउँपालिका ८ भुलभुले भंगेरी निवासी गुरुङले गाउँपालिकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि व्यक्तिगत रुपमा ५० हजार रुपियाँ सहयोग दिएका गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

गाउँपालिकाले २ वर्षअघि स्थापना गरेको सो कोषमा सिभिल बैंकको तर्फबाट संस्थागत रुपमा २५ हजार सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले बताए ।

कोषमा जम्मा भएको रकमले गाउँपालिकालाई कोरोना रोकथामका लागि काम गर्न, कोरोना सम्भावित विरामीको उपचार गर्न सहज हुने उनले बताए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *