मर्स्याङदीका पहिरो पीडितलाई बेसीशहर नगरपालिकाको एकलाख सहयोग

बेसीशहर नगरपालिकाले मस्र्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीका पहिरो पीडितहरुलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।

एउटा स्थानीय तह विपत्तिमा पर्दा अर्को स्थानीय तहले सहयोग गर्नुपर्छ भन्ने मान्यतामा बेसीशहर नगरपालिकाले मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका पहिरो पीडितहरुलाई सहयोग गरेको हो ।

बेसीशहरका नगरप्रमुख गुमानसिंह अर्यालले पल्लोटारीमै पुगेर सोमबार मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको उपस्थितिमा वडा नम्बर–३ का वडा अध्यक्ष एवं विप्द व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर बस्नेतलाई नगद एकलाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण गर्दै बेसीशहरका नगर प्रमुख गुमानसिंह अर्यालले पल्लोटारीका बाढी पहिरो पीडितलाई थोरै भए पनि सहयोग गरी यो महामारीको पीडामा ऐक्यवद्धता जनाएको बताए । प्रमुख अर्यालले एउटा स्थानीय तहमा अफ्ठेरो पर्दा अर्को स्थानीय तहले सहयोग गर्ने परिपाटी बसाउन सहयोगको शुरुवात गरेको बताए ।

सहयोग रकम बुझ्दै मस्र्याङदी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेमबहादुर बस्नेतले प्रभावित क्षेत्रमै आएर बेसीशहर नगरपालिकाले सहयोग गरेकोमा नगर प्रमुख गुमानसिंह अर्याल र सिंगो नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्नुभएको बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बेसीशहर नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी अधिकारी, वडा नम्बर ८ का वडाअध्यक्ष पवित्रा थापा, प्रेस सल्लाहकार कृष्ण के.सी, परामर्शदाता दुधप्रसाद घले, नेपाल राष्ट्रिय शिक्षक संगठन लमजुङका अध्यक्ष राजु थापा, अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक तीर्थ बस्नेतलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले गरेका थिए ।

साउन ७ र ८ गते आएको बाढीले मस्र्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीका २१ घर पूर्ण ध्वस्त बनाएको थियो भने, ८ घर पहिरोले आधा ढाकिएको छ । ५३ घर उच्च जोखिममा रहेको छ । सो बाढीले गाउँका करिब ८० घरधुरी नै विस्थापित भएका छन् । उनीहरुलाई सोही वडाको विभिन्न स्थानमा राखिएको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner