मनिषा कोइरालाको एउटा ट्वीट: भारतमा हंगामा, नेपालमा ‘स्यालुट’

अभिनेत्री मनीषा कोइरालाले सरकारले हालै स्वीकृत गरेको नेपालको नयाँ नक्साको समर्थन गर्दा भारतीय सञ्चारमाध्यमले लज्जास्पद आलाेचना गरेका छन् । 

भारतले हडपेको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने सरकारको निर्णयको समर्थन गर्दा उनीमाथि त्यस्तो टिप्पणी भएको हो । 

उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नयाँ नक्सा जारी गर्ने निर्णयबारे गरेको ट्वीटमा प्रतिक्रिया व्यक्त गर्दै धन्यवाद व्यक्त गरेकी थिइन् । सो विषयमा भारतीय सञ्चारमाध्यम र ट्विटर प्रयोगकर्ताले उनीविरुद्ध तुच्छ टिप्पणी गरेका छन् । 

मन्त्री ज्ञवालीले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय’ भन्दै ट्वीट गरेका थिए। सोही ट्वीटलाई रिट्वीट गर्दै मनीषाले लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बढाएकोमा धन्यवाद । अब तीन महान् देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको आशा गर्दछु।’ 

त्यसपछि भारतीय सञ्चारमाध्यम तथा ट्विटर प्रयोगकर्ता विपक्षमा देखिएका हुन् भने नेपालीहरूले मनीषाकाे पक्ष लिएका छन् । 

भारतीय टीभी च्यानल एबीपी न्यूजले त उनको ट्वीटलाई नै लिएर समाचार बनायो, जसमा भनिएको छ, ‘भारतको नुन खाएर चीनको गीत गाउने ?’ आफूविरुद्ध नकारात्मक टिप्पणी गरेपछि नायिका मनीषाले कुनै प्रतिक्रिया दिएकी छैनन् । 

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *