मनाङमा कोरोना संक्रमित निको भए, आइसोलेसन र क्वारेन्टाइन खाली

हिमाली जिल्ला मनाङमा कोरोना संक्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएका छन्।उनी आइसुलेसनबाट डिस्चार्ज भएसँगै मनाङ कोरोना संक्रमण मुक्त भएको छ। 

मनाङमा भेटिएका एक मात्र संक्रमित सोमबार निको भएका हुन् । जिल्लामा अन्य संक्रमित फेला परेका छैनन् । कोरोना भाइरस संक्रमण पुष्टि भएको ११ औं दिनमा उनी घर फर्किएका हुन् । 

जिल्ला अस्पताल मनाङको आइसोलेसनमा उपचाररत उनी निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । ११ दिनको उपचारपछि पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको आचार्यले बताए । 

कपिलवस्तुको वाणगंगा स्थायी घर भई मनाङमा कार्यरत ५७ वर्षीय पुरुषमा मात्र कोरोना भाइरस देखिएको थियो । अहिलेसम्म मनाङमा अन्य मानिसमा कोरोना संक्रमण पुष्टि भएको छैन । यद्यपि उनलाई दुई हप्ता होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ ।

मनाङमा ३० जनाको पीसीआर परीक्षण गरिएकोमा एकजनाको रिपोर्ट पोजिटिभ र २९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताए । 

हालसम्म मनाङमा एक सय ६७ जनाको आरडिटी परीक्षण गरिएको छ । मनाङमा निर्माण गरिएको ९३ बेड क्षमताको क्वारेन्टाइन र ७ बेडको आइसोलेसनमा हाल खाली रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । 

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner