मंगलबार थपिए १७९० जना कोरोना संक्रमित

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर २ हजार ७ सय ९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ।

हाल देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय २७ जना क्वारेन्टिनमा छन्।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: