बैंकमा सर्दैन र कोरना ?

लमजुङ । नेपालका विभिन्न स्थानमा कोरना संक्रमण बढ्दै गएको छ । दिनानुदिन संक्रमण दर बढ्न थालेपछि नागरिकहरुमा त्रास नबढ्ने त कुरै भएन ।

कोरना रोक्न भन्दै सरकारले लकडाउनको अबधि पनि बढाउँदै लगेको छ । लकडाउन बढेपनि जोखिम निम्ताउने हाम्रा गतिविधिहरु भने घट्न सकेका छैनन् ।

केही दिन यता सदरमुकाम बेंसीसहरका बैंकहरुमा देखिएको भीडभाडले मुलुकमा यतिबेला कुनैपनि समस्या नरहेको झल्को दिन्छ । सेवाग्राहीहरुमा न त भौतिक दुरी कायम गरिएको छ, न त स्वास्थ्य सामाग्रीको प्रयोग ।

यदि कुनै एक संक्रमित ब्यक्ति यस्ता भिडभाडमा रहेको भए, जिल्लाको अबस्था कस्तो होला ? यस विषयमा सामाजिक सञ्जालमा बैंकहरुमा देखिएका भिडभाडका तस्विर पोष्ट गर्दै चिन्दा प्रकट गरिएपनि सुधारको प्रयास भने कहिँ कतैबाट भएको छैन् ।

बैंक, सेवाग्राही र स्थानीय प्रशासन यस्ता कार्यहरुमा जिम्मेवार नबन्ने हो भने लकडाउन जारी राखेर कुनै अर्थ नहुने सरोकारवालाहरु बताउँछन् ।

तस्विर : आश गुरुङ, अध्यक्ष नेपाल पत्रकार महासंघ लमजुङ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner