बेंसीसहर–चामे सडक स्तरउन्नतिका लागि सरोकार समिति गठन

लमजुङ । हिमाली जिल्ला मनाङ जोड्ने बेसीशहर–चामे सडक स्तरउन्नतीको लागि दवाव तथा पहल गर्न सरोकार समिति गठन गरिएको छ ।

मस्र्याङ्दी गाउँपालिकाको वडा नं. ३ खुदीबजारमा भएको एक भेलाले २५ सदस्यीय बेंसीसहर–च्याम्चे सडक स्तरउन्नती सरोकार समिति गठन गरिएको हो ।

समितिको संयोजकमा सूर्यप्रकाश कतिला, उपाध्यक्षमा जुनामाया थापा, सचिवमा नवीनराज कुइँकेल र कोषाध्यक्षमा कुलबहादुर विक रहेका छन् । बरिष्ठ सदस्यमा जीतबहादुर गुरुङ, सदस्यहरुमा रामबहादुर गुरुङ, सोमबहादुर तामाङ, बिर्ख गुरुङ, वीरेन्द्र भण्डारी, अमृत तामाङ, रवि थापा, राम थापा, धर्मराज तामाङ, भक्तबहादुर गुरुङलगायत रहेका छन् ।

मस्र्याङ्दी गाउँपालिकाको सबै वडा र बेंसीसहर नगरपालिकाकाका केही वडा समेत समेटेर समिति विस्तार गरिने संयोजक कतिलाले बताए । सडक स्तरउन्तीका लागि मनाङका बासिन्दासंग पनि समन्वय र सहकार्य गर्ने समितिले जनाएको छ ।

सरोकार समितिले सडक निर्माणमा तदरुकता दिन विभिन्न निकायमा समन्वय गर्ने, निर्माण कम्पनीलाई सहज रुपमा काम गर्ने वातावरण सृजना गर्ने, निर्माणमा ढिलाई भएमा दबाव तथा संर्घषका कार्यक्रमहरु गर्ने सचिव नवीनराज कुइँकेलले बताए ।

बेंसीसहर नगरपालिकाको वडा न. ६ र ७, मस्र्याङदी गाउँपालिका र मनाङका नागरिकको भविश्य बोकेको बेंसीसहर–चामे सडक निर्माण थालिएको २५ वर्ष पुग्दापनि स्तरउन्नती हुन सकेको छैन् । सडक स्तरउन्नती हुन नसक्दा बर्खायामको बाढिपहिरो र हिउँदको धुलोमैलोबाट यात्रुहरु समस्यामा पर्दै आएका छन् ।

यही सडक भएर दैनिक सयको हाराहारीमा सवारी गुड्ने गर्छन । पर्यटकीय मौसममा दैनिक तीनसयको हाराहारीमा बाह्य पर्यटकहरु हिड्ने गर्छन् । अन्नपूर्ण पदमार्गमा पर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको चाप रहेको यो सडक स्तरउन्नती हुन सकेको छैन् ।

सडक डिभिजनले बेसीशहर–चामे सडक मर्मतको जिम्मा लामा कान्छाराम नाना जेभीलाई दिएको थियोे । बेसीशहरदेखि रामबजारसम्म सडक स्तरवृद्धि तथा मर्मतका लागि आर्थिक बर्ष २०७४/०७५ मा विनियोजित २२ करोडमा ठेक्का पाएको लामा कान्छाराम नाना जेभीले समयमा काम नसक्दा आव २०७६/७७ मा विनियोजित ३२ करोड रकमको ठेक्का नै लाग्न सकेन । आगामी आर्थिक वर्षका लागि बहुबर्षे योजनाअनुसार साँढे ५ अर्ब बजेट प्रस्ताव गरिएको छ ।

सडक विभागले आर्थिक वर्ष २०५१/०५२ मा बेसीशहर–चामे सडक निर्माण थालेको थियो । द्वन्दका कारण सडक निर्माणमा कठिनाइ भएपछि २०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । निर्माण शुरु भएको १९ बर्षपछिसडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको थियो । सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner