बेंसीसहरको चिसापानी गाउँमा मुख्यमन्त्री वातावरण मैत्री योजना

लमजुङ । बेसीशहर नगरपालिका–२ मा रहेको चिसापानी गाउँमा मुख्यमन्त्री वातावरण मैत्री नमूना गाउँ योजना सुरु गरिएको छ ।

गत पुसको अन्तिम साताबाट शुरु भएको यो कार्यक्रम अन्तर्गत विहिबार स्थानीय २५ जना कृषकलाई कृषि सामाग्री वितरण गरिएको छ ।

चिसापानी टोलमा २५ घरलाई ४ वटा हाते ट्याक्टर, टनेल प्लाष्टिक, मच्चिङ प्लाष्टिक, थोपा सिंचाई पाईप २५÷२५ थान, स्प्रेयर ८ वटा लगायतका सामाग्री वितरण गरिएको हो । अर्गानिक तरकारी तरकारी खेती सुरु गरिएको छ ।

बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले व्यवसायिक र प्रविधिमैत्री रुपमा अघि बढेमा कृषिबाट आत्मनिर्भर बन्न सकिने बताए । नगरपालिकाले कृषि र पशुपालनका क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा पनि प्रथामिकता दिएर बजेट छुट्टाईने प्रमुख अर्यालले बताए ।

नरुवाल–चिसापानी कृषि समुहका अध्यक्ष हिरासिङ गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गणेशबहादुर कंडेल, बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण के.सी., नगर खेलकुद विकास समितिका अध्यक्ष गोविन्द खड्का, वडा सदस्य टकबहादुर गुरुङ, पत्रकार अन्जान कुमार हिमाली लगायतले मन्तब्य राखे । कार्यक्रमको सहजीकरण समुहका सचिव चनराज गुरुङले गरेका थिए ।

चिसापानी टोल र नरुवाल पाखाथोकका २५/२५ घर छनोटगरी मुख्यमन्त्री वातावरण मैत्री नमूना गाउँका रुपमा अघि बढाईएको समुहका अध्यक्ष हिरासिङ गुरुङले बताए ।

मुख्यमन्त्री वातावरण मैत्री नमूना गाउँका लागि २५ लाख बजेट रहको छ भने समुदायले १५ प्रतिशत स्वलगानी गर्नेछन् । नरुवाल पाखाथोकमा भने स्थानीय २५ जना किसानले लोकल सुँगुर पाल्ने भएका छन् ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner